एमाओवादी अध्यक्ष दाहालको सुरक्षामा सरकार सजक छ : गृहमन्त्रालय


  • February 22, 2015


एमाओवादी अध्यक्ष दाहालको सुरक्षामा  सरकार सजक छ : गृहमन्त्रालय

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि भौतिक आक्रमण हुने सक्ने आशंका सहितको अभिव्यक्ति दिएकोमा गृहमन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयले एक विज्ञप्ति निकाल्दै पूर्व प्रधानमन्त्री एवं व्यवस्थापिका संसदमा विपक्षी दलका नेताको सुरक्षा संवेदनशीलता प्रति सरकार पूर्ण सजक रहेको जनाएको छ । दाहाललाई अहिले पनि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको भन्दै मन्त्रालयले उनको सुरक्षाको बारेमा विश्वस्त हुन सबैमा अनुरोध पनि गरेको छ ।
नेपाल सरकारले उनको सुरक्षाका लागि सुरक्षा खतराको थप विष्लेषण गरेर आवश्यक सबै स्तरको सुरक्षा दिन तयार रहेको जनाएको छ । दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफूलाई सुरक्षा खतरा रहेको बताएका थिए । गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद देवाकोटाद्धारा जारी गरिएको बिज्ञप्तीमा आफुमाथि असुरक्षा बढेको कुनै सुचना भए सरकारलाई जानकारी गराई सहयोग गर्न समेत दाहालसंग आग्रह गरिएको छ ।


NEPAL NEWS Team
218 views

सम्बन्धित समाचारहरु