ब्रिसबेनमा गजल मुशायरा सम्पन्न


  • September 24, 2022


ब्रिसबेनमा गजल मुशायरा सम्पन्न

सिड्नी । सन् २०१४ देखि अष्ट्रेलियाको सिड्नीबाट शुरु गरिएको गजल मुशायरा १२ औ सस्करण यहि सेप्टेम्बर १७ तारिख शनिबार ब्रिसबेनमा सम्पन्न भएको छ । गजल मुशायरा परिवारद्वारा आयोजित सो कार्यक्रममा अस्ट्रेलियाका विभिन्न राज्यबाट सहभागी २३ जना गजलाकारहरुले आ-आफ्नो गजल बाचन गरेका थिए ।

कार्यक्रममा ब्रिसबेनबाट डा. केशव शर्मा, राजेश्वरी रेग्मी आचार्य, बिक्रम तिमल्सिना, सफल घिमिरे, हरिराज अधिकारी, शिशिर सिंखडा, कृष्ण सर्मपण, लक्ष्मी खड्का र वसन्त सुवेदीले गजल बाचन गरेका थिए भने सिड्नीवाट जितेन्द्र मल्ल , अशोक शर्मा, सिर्जना थापा , उत्सव आर सी, ओमराज अधिकारी, आदर्श खत्री, शिवजी भण्डारी, तास्मानियाबाट ईश्वर पौडेल, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी, कल्याण अधिकारी, एवम् क्यानबेरावाट तुल्सा पाण्डे,बिनायक अधिकारी, र सुलभ दंगालले गजल वाचन गरेका थिए । एनआरएनए लगायत विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरु साहित्यानुरागीको उपस्थिति रहेको थियो । गजल मुशायरा परिवारद्वारा यस्ता गजल कार्यक्रम हालसम्म अष्ट्रेलियाको विभिन्न सहर र अष्ट्रेलिया बाहिर मलेसिया र नेपालमा पनि सम्पन्न गरिसकेको छ ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले प्रस्तुत गरेको उक्त कार्यक्रममा चेतन सापकोटाले गजल गायन र एलिना न्यौपाने र जमुना सुबेदीले गजल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आईडल सिजन-२ का उपविजेता बिक्रम बरालले आफ्नो संगीत प्रस्तुत गरे । कार्यक्रमको सह आयोजकको रूपमा अनेसास ब्रिसबेन च्याप्टर र सहयोगीको रूपमा गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया रहेको आयोजक सस्थाले जनाएको छ । सो अवसरमा गजलकार बसन्त वली बसन्तीको “बोई” गजल संग्रहको लोकार्पण गरिनुका साथै अग्रज गजलकारहरूलाई सम्मान गरिएको थियो ।

गजल मुशायराले आफ्नो स्थापना काल देखिनैनयाँ सर्जकहरूलाई गजल लेखन सम्बन्धित अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, नियमितरुपमा साहित्यिक जमघटहरु गर्ने, अनौपचारिक रूपमा गजल सुन्ने सुनाउने कार्यक्रमहरुगर्दै आएको छ ।

Seen by नेपाल न्यूज अस्ट्रेलिया at Thursday 11:24am

Enter

Write to नेपाल न्यूज अस्ट्रेलिया


NEPAL NEWS Team
549 views

सम्बन्धित समाचारहरु