Tuesday, April 30, 2024

चाँदीको लेप लगाएको सुनको बाला सहित भारतिय पक्राउ


  • November 5, 2015


चाँदीको लेप लगाएको सुनको बाला सहित भारतिय पक्राउ

काठमाडौं । एक केजी सुनसहित बुधबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । साँझ ८ बजेतिर फ्लाई दुबईको एफजेड ५७५ फ्लाइटमा नेपाल आएका भारतीय नागरिक जोगिन्दरसिंह ग्रोबरले लुकाईछिपाई ल्याएको एक केजी सुन बरामद गरिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद चौलागाईंले जानकारी दिए । वाक थ्रुमा खानतलासी गर्नेक्रममा चाँदीको लेप लगाएको सुनको बाला र घाटीमा सुनको चेन लगाएर आएका ग्रोबरलाई पक्राउ गरिएको चौलागाईंले बताए । विदेशी नागरिकले फिर्ता लैजाने गरि ५० ग्राम सुनको गहनामात्रै ल्याउन पाउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
306 views

सम्बन्धित समाचारहरु