Wednesday, June 19, 2024

मोर्चाको आन्दोलनमा मान्छे र पैसा जुटाउन नसकेको गुनासो


  • February 21, 2015


मोर्चाको आन्दोलनमा मान्छे र पैसा जुटाउन नसकेको गुनासो

काठमाडौं । एमाओवादी,मधेशवादी लगायतका दलहरुले शुरु गरेको तीस दलीय आन्दोलनमा सोचे जति मान्छे जुटाउन नसकेको गुनासो आन्दोलनमा उत्रेका भनिएका पार्टीका नेताहरुले नै पोख्ने गरको छन ।
विपक्षी दलहरुले आफनो सबै ध्यान आगामि फागुन १६गते काठमाडौमा गर्ने भनिएको सभालाई केन्द्रित गरेका छन ।अहिलेसम्म गरिएका आन्दोलनमा जनताको उपस्थिति नभएको गुनासो उनीहरुले मोर्चाको बैठकमा राख्ने गरेका छन ।
३० दलीय मोर्चाको बैठक शनीवार बसेको थियो ।बैठकमा तीस दलीय मोर्चाको आन्दोलनमा जनता नउत्रेको उनीहरुले गुनासो गरेका थिए । आन्दोलनमा जनता कसरी उतार्ने भन्नेबार शनीवारको बैठकमा छलफल भएको थियो । मोर्चाको बैठकमा आन्दोलनमा जनता उपस्थिति नभएकोमा एक अर्कोलाई आरोप लाएका थिए ।मधेशी दलका नेताहरुले काठमाडौमा जनता उतार्ने काम एमाओवादीका भएको भन्दै पन्छिएका थिए ।एमाओबादी नेताहरुले पनि मेधशी नेताहरुलाई आरोप लगाएका थिए । मोर्चाको बैठकमा एमाओवादीका नेताहरुले मधेशका जिल्लाहरुमा मधेशी जनता आउन नसकेको गुनासो पोखेका थिए । १६गतेका काठमाडौका सभामा मान्ेछे खोज्ने जिम्मा एमाओावदीले लिएको छ ।
१६गतेका सभामा बढी भन्दा बढी जनता उतार्न एमाओवादीका नेताहरुले आफना सबै सदस्यहरुलाई अनिवार्य रुपमा १६गतेको सभामा आउन निर्देशन गरेका छन । नेवा र तामसालिङ्ग क्षेत्रका एमाओवादीका कार्यकताहरु १६गतेको सभामा नआएमा उनीहरुको पार्टी सदस्यता समेत खारेज गर्न सक्ने चेतावनी एमाओवादीका नेताहरुले दिएका छन । ३० दलीय आन्दोलनमा पैसा पनि नपुगेको गुनासो मोर्चाका नेताहरुले गर्ने गरेका छन । मोर्चाले आफसंग आबद्ध सबै सभासदहरुसंग वीस वीस हजार रुपैया लिएको छ । सभासदहरुबाट लिएको २०,२०हजार रुपैयाबाट पनि पैसा प्रयाप्त नभएको नेताहरुले बताएका थिए ।
३० दलीय मोर्चामा रहेका केही दलहरु नाम मात्रका दलहरु छन । केही दलका एक जना कार्यकर्ताहरु पनि छैनन ।गत संविधान सभाको चुनावमा ४सय ६० मत ल्याएको बहुजन समाज पार्टी,७सय ४८ भोट ल्याएको लोक दल,देशभरबाट ६हजार भोट ननघाएको खश समावेशी पार्टी,२सय ३९ भोट ल्याएको लोकतान्त्रिक पार्टी र १३५ भोट ल्याएको लोकतान्त्रिक जनता पार्टी पनि तीस दलीय मोर्चामा आबद्ध रहेका छन । ३०दलीय मोर्चामा रहेका दलहरु मध्ये १९ दल संविधान सभामा छन ।ती मध्ये आधा जसो दलहरु एक एक सिटे दलहरु छन । ३०दलीय मोर्चामा रहेको नेपाली जनता दल सत्तारुढ दलीय मोर्चामा प्रवेश गरीसेको छ । ३० दलीय मोर्चाको बैठकमा ३० वटै दलका प्रतिनिधिहरु आउने गर्दैनन । मोर्चाको बैठकमा केही दलहरुका प्रतिनिधिहरु नै नआउने गरेका गुनासो मोर्चाको बैठकमा मोर्चाका नेताहरुले गर्ने गरेका छन ।


NEPAL NEWS Team
271 views

सम्बन्धित समाचारहरु