Wednesday, June 12, 2024

कम्युनिष्ट इतिहाँस बोकेका थवाङवासी सवै बिप्लपतिर


  • March 21, 2015


कम्युनिष्ट इतिहाँस बोकेका थवाङवासी सवै बिप्लपतिर

काठमाडौ । कम्युनिष्ट इतिहास बोेकेको रोल्पाको थवाङ्वासीहरुले आफ्नै गुरुहरुसँग सम्बन्ध विच्छेद गरेका छन् । थवाङवासीलाई कम्युनिष्ट बनाउने मोहनविक्रम सिंहलाई तत्कालिन पार्टीबाट सांस्कृतिक कारबाहीमा परेपछि साथ छाडेका थवाङ्वासीले नेकपा–माओवादीको विभाजनपछि अर्का गुरु मोहन वैद्यसँग पनि सम्बन्ध विच्छेद गरेका हुन् ।
०१५ सालको चुनावदेखि एक मत देखिने थवाङ्वासीले एमाओवादीको विभाजनपछि वैद्य माओवादीलाई साथ दिँदै २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सून्यमत गर्दै रित्तै मतपेटिका फर्काइदिएका थिए । पछिल्लो समय नेकपा–माओवादी पनि विभाजित भएपछि थवाङ्वासीले नेत्रविक्रम चन्दतिर लगेका छन् । वैद्य रक्षातिर र विल्लवले क्रान्ति पूरा गर्ने विचार अघि सारेकोले आफूहरुले वैद्यको साथ छाडेको नेकपा माआवादीका जिल्ला सदस्य जयप्रकाश रोका बताउँछन् ।
एमाओवादीसँगको विभाजनपछि वैद्य माओवादीतिर लागेका सवै थवाङ्वासी नेकपा–माओवादीको फुटपछि विप्लवतिर लागेको एमाओवादीका थवाङ इन्चार्ज विनप्रसाद रोका टार्जनले बताए ।


NEPAL NEWS Team
287 views

सम्बन्धित समाचारहरु