संविधानका विवादीत बिषयमा शीर्ष नेताले अन्य दलको राय बुझ्ने


  • June 5, 2015


संविधानका विवादीत बिषयमा शीर्ष नेताले अन्य दलको राय बुझ्ने

काठमाडौ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले संविधानका विवादित विषयमा अन्य दलका नेताहरुको धारणा बुझ्ने भएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षहरु सहितको शुक्रबार साँझ बसेको बैठकले संविधानसभामा रहेका अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको हो । कांग्रेस नेता रमेश लेखकले संविधानका मूख्य विवादित विषय संघीयताका विषयमा सहमति जुटाउने नेताहरुबीच प्रयास जारी रहेको बताए । ‘६ प्रदेशको सेरोफेरोमा सहमतिको प्रयास भइरहेको छ,’ उनले भने–‘संविधानसभामा रहेका अन्य दलका नेताहरुसँग भोलि छलफल गर्ने तयारी छ ।’ भोलिको बैठकको समय निर्धारण भइसकेको छैन । चारै दलका शीर्ष नेताले अन्य मधेसी दल सहितका नेताहरुसँग छलफल गर्ने सहमति भएको लेखकले बताए । संविधानमा सहमति जुटाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रमुख दलबीच सैद्धान्तिक सहमति भएयता चार दलका नेताहरुबीच निरन्तर छलफल र बैठक चलिरहेको छ । विवादित विषयहरुमा सहमति नजिक पुगिएको दावी गरिएपनि सहमतिको विषय बाहिर आएको छैन । शुक्रबार बिहान बोलाइएको बैठक एमाले अध्यक्ष ओली अनुपस्थित भएपछि साँझ बसेको थियो ।


NEPAL NEWS Team
218 views

सम्बन्धित समाचारहरु