Wednesday, June 12, 2024

वार्ता र संवादबाट समाधान निकाल्न अधिकारकर्मीको आग्रह


  • March 17, 2015


वार्ता र संवादबाट समाधान निकाल्न अधिकारकर्मीको आग्रह

काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको आन्दोलन घोषणाको कार्यक्रमले नागरिकलाई सास्ती हुने भन्दै मानवअधिकारकर्मीले वार्ता र संवादबाट विद्यमान समस्याको समाधान गर्न आग्रह गरेका छन्।
डा. सुन्दरमणि दिक्षीत, डा. विरेन्द्र मिश्र, भोजराज पोखरेल, चरण प्रसाई, सुबोधराज प्याकुरेललगायतको अधिकारकर्मीले विज्ञप्ति जारी गर्दै मोर्चाको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
तीस दलीय मोर्चाको आन्दोलनले वार्ताको वातावरण बिगारी देशलाई मुठभेडमा लिन सक्ने भन्दै उनीहरुले आन्दोलन छोडी वार्तामा फर्कन अनुरोध गरेका छन्। ‘सडकबाट संविधान जारी हुनसक्दैन भन्ने यथार्थता कसैबाट लुकेको छैन। मानवअधिकार मैत्री, समावेशी र संघीय लोकतान्त्रिक संविधान जारीगर्ने सार्वभौम थलो संविधानसभा भएकाले सडक आन्दोलन छोडेर संविधानसभामा फर्कन मोर्चालाई अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।


NEPAL NEWS Team
294 views

सम्बन्धित समाचारहरु