संविधानसभाको बैठक फेरि ६ गतेसम्म स्थगित


  • April 13, 2015


संविधानसभाको बैठक फेरि ६ गतेसम्म स्थगित

काठमाडौं । दलहरुबीचको विवादका कारण लामो समयदेखि बस्न नसेको संविधानसभाको बैठक सोमबार पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। आजको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सभासद एवंम् एमाओवादी नेता सलिममियाँ अन्सारीको निधनप्रति शोक व्यक्त गर्ने प्रस्ताव राखेपछि बैठकले अनुमोदन गर्‍यो। त्यसपछि अध्यक्षले अर्को बैठक बैशाख ६ गते ३ बजेका लागि तय गर्दै बैठक स्थगित गरेका थिए। संविधानका विवादित विषयमा सहमति जुट्न नसकिरहेको बेला कार्यसूचि बिना नै डाकिए पनि यस अघि जस्तै पूर्व सभासदको निधनप्रति शोक व्यक्त गर्दै स्थगित भएको हो।
गत माघ २९ गतेदेखि अनिश्चित कालका लागि स्थगित बैठक चैत २३ गतेका लागि डाकिएको थियो। तर उक्त दिन पनि एमाले नेता एव् पूर्व सभासद रामनाथ ढकाल र कांग्रेसका पूर्व सांसद महेन्द्र यादवको निधनको कारण शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।


NEPAL NEWS Team
351 views

सम्बन्धित समाचारहरु