महाधिवेशन बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति


  • September 1, 2015


महाधिवेशन बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति

काठमाडौं । तोकिएको समयमा महाधिवेशन हुने संभावना नभएपछि सो बिषयमा छलफल गर्नका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसिरहेको छ ।
बैठकमा पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योलका विषयमा छलफल जारी छ ।
बैठकमा संविधान निर्माण, सीमाङ्कनको विषयलाई लिएर तराई–मधेसमा भइरहेको आन्दोलन, पार्टीको आसन्न १३ औँ महाधिवेशन, सभासद् अमरेशकुमार सिंहको स्पष्टिकरण जवाफलगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसको १३ औँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म र त्यसअघि यही भदौ १७ गतेदेखि गाउँ, नगर, वडा अधिवेशन तोकिएको भएपनि पार्टी संविधान लेखन प्रक्रियामा व्यस्त रहेका कारण खासै तयारी गरेको देखिएको छैन ।


NEPAL NEWS Team
307 views

सम्बन्धित समाचारहरु