सबै विषयको अब टुंगो संविधानसभाबाट : सिटौला


  • March 30, 2015


सबै विषयको अब टुंगो संविधानसभाबाट : सिटौला

पोखरा । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले आन्दोलन छाडेर विपक्षीले सबै मुद्दाको निकास संविधानसभाबाट खोज्नुको विकल्प नभएका बताएका छन् । बागलुङ क्षेत्र नम्बर १ मा हुन लागेको उप निर्वाचनमा पार्टीको प्रचार कार्यक्रममा सहभागी भइ फर्कने क्रममा सिटौलले पोरखा संचारकर्मीसंग सवै बिषयमो छिनोफानो संविधानसभाबाट हुने बताएका हुन । ‘प्रजातन्त्रमा आफ्नो माग राख्न शान्तिपूर्ण आन्दोलन जायज हो तर, अहिलेको मुद्दा सडकमा जाने खालको छैन’, उनले भने, ‘संविधानसभामा उपस्थित भएर समाधान खोजिनु पर्छ ।’ संविधान निर्माण कुनै खास नेता वा पार्टीको अनुकुल निर्णयका लागि नभएकोले योबेला अड्चन थाप्नु भन्दा सबै मिलेर सहमतिको बाटो खोज्नु पर्ने उनले बताए । आफू १२ बुँदे सम्झौतादेखि कै साक्षी भएको नाताले पनि परिवर्तनको एजेन्डामा एमाओवादीलाई सहमतिमा आउन आग्रह गर्ने पक्षमा रहेको उनले जोड दिए । ‘अब कम्तिमा संविधानसभा सुचारु हुने भएको छ, उहाँहरूले आफ्ना एजेन्डा सडक होइन सदनमा राख्नु पर्छ’, सिटौलाले भने, ‘संविधान देश र जनताका लागि हो भन्नेमा सबै एक हुनुपर्छ ।’


NEPAL NEWS Team
257 views

सम्बन्धित समाचारहरु