Wednesday, June 12, 2024

विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ देखि


  • March 26, 2015


विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ देखि

काठमाडौँ । सनातन हिन्दू राष्ट्र माग गर्दै आएको विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ गते हुने भएको छ ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले यही चैत १४ गते रामनवमीको अवसर पारेर महासम्मेलन गर्न लागेको जानकारी दिए । उनले भने –‘सनातन धर्मको रक्षा गर्दै नयाँ पुस्ता लैजानका लागि हामीले उक्त सम्मेलन गर्न लागेका हौँ ।’ सो महासम्मेलनमा भारतीय जनता पार्टीका केन्द्रीय सचिव अरुणकुमार जैन, भाजपाका नेता डा दिनेश उपाध्याय, नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का, लक्ष्मणप्रसाद घिमिरे, हरिबोल भट्टराई, कृष्णा अमात्य, सुवर्ण ज्वारचनलगायतका नेताहरु सहभागी हुने महासङ्घले जनाएको छ ।

सो अवसरमा शान्तिबाटिकाबाट शान्ति र्याली पनि निकालिने भएको छ । महासम्मेलनमा एक हजारभन्दा सहभागी हुने बताइएको छ ।


NEPAL NEWS Team
280 views

सम्बन्धित समाचारहरु