सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न समिति गठन


  • March 17, 2015


सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न समिति गठन

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रालाई व्यवस्थित बनाउन स्थानीयवासी नीलकाजी शाक्यको संयोजकत्वमा ४३ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । चैते दशैंका दिन सुरु गरिने सो जात्राका लागि रथ निर्माण तथा व्यवस्थित रथ यात्राका लागि सो समितिले आवश्यक कार्य गर्ने छ । चैत १३ गते सो यात्रा गरिने भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रुपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई रथारोहण गरी भित्री सहरको परिक्रमा गराइन्छ ।
सहकाल तथा वर्षाका देवतासमेत भनिने सो मच्छिन्द्रनाथको जात्राका लागि काठमाडौँको तीनधारा पाठशालाअगाडि रथ निर्माण गरी इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ । जात्राका लागि गुठी संस्थान, काठमाडौँ महानगरपालिकालगायतले सहयोग गर्ने सो समितिले जनाएको छ । संयोजक शाक्यले प्राचीन समयदेखि सञ्चालनमा रहेको सो जात्रा नेपालीको महत्वपूर्ण संस्कृति भएको र त्यसलाई तामझाम, भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस जात्राबाट काठमाडौँमा वर्षा सुरु भई खेतीका लागि राम्रो वातावरण सिर्जना हुने बताए ।


NEPAL NEWS Team
244 views

सम्बन्धित समाचारहरु