Saturday, July 13, 2024

अखिल क्रान्तिकारी केन्द्रिय कार्यालयमा प्रहरीको छापा


  • April 6, 2015


अखिल क्रान्तिकारी केन्द्रिय कार्यालयमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले अनेरास्ववियु क्रान्तिकारीको डिल्लीबजार स्थित केन्द्रिय कार्यालयमा छापा हानेको छ । राजधानीमा एमाओवादी र क्रान्तिकारी समथिर्थहरुले मसाल जुलुस प्रदर्शन गरेलगत्तै प्रहरीले एमाओवादीको भातृसंगठन कार्यालयमा छापा मारेको हो । प्रहरीले क्रान्तिकारीका पूर्व सचिव रञ्जीत तामाङ, उमेश थापा, देवेन्द्र पाख्रिन र प्रकाश घिमिरेलाई पक्राउ गरेको छ । मसाल कहाँ राखेका छौ भन्दै प्रहरी कार्यालयमा प्रवेश गरेको क्रान्तिकारी अध्यक्ष रमेश मल्लले बताए । त्यस्तै, बिजुलीबजारस्थित तमलोपा कार्यालयबाट मसाल जुलुस निकाल्न खोज्दा प्रहरीसँग त्यहाँ झडप भएको छ । प्रहरीले विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्र, युवा फ्रन्टका महासचिव मुकेश झा र सदभावनाका प्रवक्ता सन्तोष मेहतालाई पक्राउ गरेको छ ।
यसैगरि बनेपामा मसाल जुलुस निकालेका विपक्षी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीले मसाल खोस्न खोजेपछि झडप भएको हो । झडपमा एमाओवादी केन्द्रीय सदस्य सूर्यमान दोङ, फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा सहित १२ जना घाइते भएका छन् । त्यस्तै, प्रहरी तर्फ ८ जना घाइते भएको डिएसपी राजकुमार केसीले बताए ।


NEPAL NEWS Team
442 views

सम्बन्धित समाचारहरु