इन्टरन्यासनल मार्सल आर्ट्स एशोसिएसन न्युयोर्क का खेलाडीले जिते ५ स्वर्ण्


  • March 4, 2015


इन्टरन्यासनल मार्सल आर्ट्स एशोसिएसन न्युयोर्क का खेलाडीले जिते ५ स्वर्ण्

न्युयोर्क । न्युयोर्क ओपन इन्टरन्यासनल कराते प्रतियोगिता २०१५ मा अमेरिकाको पहिलो र एक मात्र कराते डोजो इन्टरनेस्नल मार्सल आर्ट्स एशोसिएसन न्युयोर्क का १६ जना बिभिन्न समुहका महिला तथा पुरुष कराते खेलाडीहरुको साहभागिता रहेको थियो । जस मध्य ९ जनले मात्र पदक जित्न सफल भएका छन । जस्मा ५ स्वण , ४ कास्य र ४ रजत गरी जम्मा १३ वटा पदक प्राप्त गरेको छन । जस मध्य १७ बर्ष उमेर समुहमा सुशिल थापा ले काता तथा कुमिते दुबै मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन भने फर्चुन राइ ले ७-८ बर्ष को उमेर समुह मा काता तर्फ स्वर्ण र कुमिते मा कास्य हात पारीन ,सुनिल थापा ले १४ बर्ष उमेर समुहमा कुमिते मा स्वर्ण ,सुमाइरा ईस्लाम ले ११ बर्ष उमेर समुहमा काता तर्फ कास्य र कुमिते मा रजत , इशान बरुवाल ले कुमिते तर्फ रजत पदक , मनोज गुरुङले कुमिते मा रजत पदक ,डिचेन पेमा ले ९ बर्ष उमेर समुहमा कुमिते मा कास्य पदक, जेन्नी सी ले 12 बर्ष समुहमा कुमिते मा कास्य पदक र सुहैला ईस्लाम ले ११ बर्ष उमेर समुहमा काता मा स्वर्ण् र कुमिते तर्फ कास्य जित हासिल गरेका छन । हरेक बर्ष आयोजना गरिने यस् प्रतियोगितमा अमेरिका लगयत बिभिन्न १३ राष्ट्रका ७०० भन्दा बढी खेलाडीहरुको शहभागीता रहेको थियो । प्रतियोगिता २०१५ मार्च १ तारेख कुइन्स कलेज को जिम हल ८ वटा तातामी (रिङ्ग) मा बिहान ८ बजे देखी बेलुकी कारीब ८ बजे सम्म विश्व कराते महासंघको(WKF Referee) रेफ्री क्लीव बाक्सटर(Cleve Baxter) को निर्देन्सन्मा ८० जना भन्दा बढी अमेरिकि करते महासंघ(USA NKF), पान अमेरिकन(PKF) र विश्व कराते महासंघ (WKF)को रेफ्री तथा जज हरुको सहभागितामा प्रतियोगिता सम्पन्न भयो । यस् प्रतियोगिता मा छ जना नेपाली कराते गुरुहरुले रेफ्री तथा निर्नायक को भूमिका निर्बाह गर्नु भएको थियो जस्मा क्रमस इन्टरनेस्नल मार्सल आर्ट्स एशोसिएसन न्युयोर्क का प्रमुख प्रशिछक शान्त थोकर, प्रशिछक पर्खि राइ , सम्बर गोले , प्रेम तमाङ,केशव सिंह ठकुरी र जग बहादुर तामङ् रहेका थिए ।


NEPAL NEWS Team
511 views

सम्बन्धित समाचारहरु