मदन भण्डारीको नाममा स्टेडियम बनाउने सहमतिपछि एमाले वजेटमा संतुष्ट


  • July 16, 2015


मदन भण्डारीको नाममा स्टेडियम बनाउने सहमतिपछि एमाले वजेटमा संतुष्ट

काठमाडौं । बजेटप्रति असन्तुष्ट एमाले र अर्थमन्त्री डा. रामशरण महतबीच एमाले नेता मदन भण्डारीको नाममा स्टेडियम बनाउने सहमति भएको छ । यससँगै पेश्की बजेट पास हुने भएको छ । सत्तारुढ कांग्रेस र एमालेबीच भएको वार्तामा भण्डारीको नाममा झापामा स्टेडियम बनाउने, मध्य पहाडी लोकमार्गको नाम पुष्पलाल लोकमार्ग नै राख्ने र आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रमलाई ग्रामिण स्वाबलम्बन कार्यक्रममा सामेल गर्ने सहमति भएको छ । सामाजिक सुरक्षा भत्ताको नाममा मनमोहन अधिकारीको नाम जोड्नु पर्ने एमालेको माग भने पुरा भएन । दुई दलको सहमतिपछि अहिले अर्थमन्त्री महतले संसदमा बजेटमाथि उठेको प्रश्नमाथि जवाफ दिइरहेका छन् ।


NEPAL NEWS Team
273 views

सम्बन्धित समाचारहरु