संवैधानिक परिषद्को बैठक निष्कर्षबिवहिन


  • February 24, 2015


संवैधानिक परिषद्को बैठक निष्कर्षबिवहिन

काठमाडौं । संवैधानिक परिषद्‌को मंगलबार बिहान बसेको बैठक लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु नियुक्त गर्ने बिषयमा सहमति नगरी बैठक सकिएको छ। नेकपा एमाओवादीले लोकसेवा आयोगमा पहिलाकै प्रमुख आयुक्त कयोदेवी यमीलाई निरन्तरता दिन प्रस्ताव राखेपछि बैठकमा सहमति हुन सकेन।
बैठकमा प्रतिपक्षी नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जसरी पहिला निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतिलाई निरन्तरता दिइएको थियो त्यसै गरी यमीलाई निरन्तरता दिन प्रस्ताव गरेका थिए। तर संवैधानिक परिषद‌‌का अन्य सदस्यहरुले यसमा सहमति जनाएनन्।
सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्ड र प्रधानमन्त्रीका बीच मङ्गलबार बस्ने संवैधानिक परिषद्को बैठकको विषयमा छलफल भएको थियो। यसअघि फागुन १ गते बसेको बैठकले लोक सेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई आज बस्ने परिषद्को बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको थियो।
लोकसेवा आयोगका आयुक्तका विषयमा सहमति हुन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेका आयुक्तहरुको नियुक्ति पनि रोकिएको छ। बैठकमा दुवै आयोगमा प्याकेजमै सहमति गर्ने भन्दै बैठक सकिएको थियो। बैठक बिहीबार साँझ पुनः बस्ने भएको छ।सभामुख सुवासचन्द्र नेम्बाङले आयुक्त नियुक्तिमा सर्वसम्मत नभए ऐन बमोजिम नियुक्ति गरिने बताए।


NEPAL NEWS Team
220 views

सम्बन्धित समाचारहरु