Wednesday, June 12, 2024

‘जनताको अभिमतलाई रद्दीको टोकरीमा फालेर सहमति हुँदैन’


  • March 13, 2015


‘जनताको अभिमतलाई रद्दीको टोकरीमा फालेर सहमति हुँदैन’

इलाम । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनताले दिएको अभिमतलाई रद्दीको टोकरीमा फालेर कुनै पनि दलसँग सहमति हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले जनताले दिएको दुई तिहाई बहुमतलाई आधार मानेर संविधान जारी हुने बताए । उनले १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा सहमतिका साथ अघि बढिरहेकाले अहिले पनि सहमतिबाटै निकास खोज्न लागिरहेको स्पष्ट पारे । विपक्षी दलसँग छिट्टै हुने वार्ताबाट वर्तमान गतिरोध अन्त्य हुने विश्वास उनले व्यक्त गरे । एमाओवादी र मधेसवादी दलका कारण माघ ८ मा संविधान बन्न नसकेको उल्लेख गर्दै मन्त्री रिजालले विपक्षी दल पनि केही लचक भए सहमति हुने बताए । अब केही दिनमै पत्रकार र पत्रकारिताको विकासका लागि आमसञ्चार नीति ल्याउने तयारी भइरहेको जानकारी दिँदै उनले भने– ‘अहिले छलफलको विषय बनेको छ, सबै सञ्चार माध्यमले दिएको सल्लाह र सुझावका आधारमा सरकारले आमसञ्चार नीति ल्याउँछ ।’


NEPAL NEWS Team
314 views

सम्बन्धित समाचारहरु