Tuesday, April 30, 2024

संविधानसभाको कार्यसूची प्रकाशित, सभाध्यक्ष आफैले प्रस्ताव पढ्दै


  • January 25, 2015


संविधानसभाको कार्यसूची प्रकाशित, सभाध्यक्ष आफैले प्रस्ताव पढ्दै

subash-nemwang_20140221102715काठमाडौं । आजको संविधानसभा बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ आफैले प्रश्नावली समिति निर्माणको प्रस्ताव गर्ने गरि कार्यसुची तयार पारिएको छ । संविधानसभाको बैठक केहीबेरमा सुरु हुँदैछ। सार्वजनिक भएको बैठकको कार्यसूचिअनुसार आजको बैठकमा प्रश्नावली निर्माण समितिको प्रस्ताव सभाध्यक्ष आफैंले पढ्नेछन्।

यसअघि कांग्रेस संसदीय दलका प्रम्ख सचेत चिनकाजी श्रेष्ठले उक्त प्रस्ताव पेश गर्ने र एमालेका सभासद अग्नी खरेलले सर्मथन गर्ने कार्यसूचि थियो। तर, एमाओवादी मोर्चाका सभासदहरूले बैठक निरन्तर अवरुद्ध गर्दै आएका थिए।

त्यसपछि आजको बैठकमा सभाध्यक्ष आफैले उक्त प्रस्ताव पेश गर्ने भएका हुन्। अहिले सत्तापक्ष र विपक्षी दुवै आन्तरिक छलफलमा रहेकाले बैठक समयमा सुरु हुन नसकेको हो । बैठक दिउसो १ वजे बस्ने भनिएको थियो ।


NEPAL NEWS Team
355 views

सम्बन्धित समाचारहरु