Monday, December 4, 2023

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको उम्मेदवारी


  • July 30, 2021


एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको उम्मेदवारी

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा नेपाली समुदायका अगुवा नन्द गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । वर्तमान कार्य समितिका प्रवक्ता समेत रहेका गुरुङ अस्टेलियाली समाजमा चिनिएका पात्र हुन् । अष्ट्रेलियाको नेपाली समुदायमा भिज्न रुचाउने गुरुङ १७–१९ न्यू साउथ वेल्स राज्य समिति संयोजक र १९ –२१ एनआरएनए अष्ट्रेलियाको प्रवक्ता भएर नेपाली समुदायप्रति उनको लगाब अनि रुचिलाई नजिकबाट नियालीसकेका छन् । सबल एनआरएनए सबल एनआरएनए भन्ने मुल नाराका साथ यसपटक अध्यक्ष पदमा चुनावी समीकरण सहित अघि बढेका छन् ।
उनले आफ्नो चुनावी अभियानमा आईसीसीसंग समन्वय गर्ने, नेपाल र अष्ट्रेलिया दुवै देशको नागरिकताको विषयमा सरकारसग लविङ गर्ने, यहा आउन चाहने विद्यार्थीहरुको निम्ती प्रक्रिया सहज र सजिलो बनाउने लगायतका प्रतिबद्धताहरु जनाएका छन् । त्यस्तै संस्थाको आर्थिक समृद्धि गर्ने, आर्थिक पारदर्शीता कायम गर्ने र सचिवालय स्थापना गरी एनआरएनएको संस्थागत विकास गर्ने, अष्ट्रेलियाको समुदायमा नेपालीहरुको बढी भन्दा बढी सहभागिता गराउनको निम्ती विभिन्न कार्यक्रम र सहजीकरण गर्ने, एनआरएनए फाउन्डेसनहरु आधार तथा नीतिलाई सबल बनाउदै परोपकारी योजनाहरु सञ्चालन गर्ने, आर्थिक समृद्धि गर्ने उनको लक्ष्य छ ।
साथै कोभिड महामारीले अष्ट्रेलियाको नेपाली क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न तथा महामारीविरुद्ध लड्न कार्यदल बनाउने, संघीय तथा प्रदेश सरकारहरुसग समन्वय र सहजीकरण गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने, ‘इन्फरमेशन हब’ सञ्चालन गर्ने र कोभिडको कारण कमजोर अवस्थामा रहेका नेपालीहरुलाई राहत वितरण गर्ने एजेन्डा अघि सारेका छन् ।
नन्द गुरुङको समुहबाट महासचिव पदका लागि राजु बाबु अधिकारी, सचिवका लागि सन्ध्या शाहले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा बाबुराम गौतमले उम्मेदवारी फिर्ता लिएपछि अनिल पोखरेल निर्विरोध निर्वाचित भएका छन ्। साथै सहकोषाध्यक्षमा राजकुमार नगरकोटीले उम्मेदवारी दिएका छन ्। युवा संयोजकमा बबिन मिश्रले उम्मेदवारी दिएका छन् भने सह–युवा संयोजकमा क्यानवेराका चन्द्र तिवारी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी आइसिसी सदस्यमा बुद्धि डल्लाकोटी, परशुराम (पिआर) अधिकारी, प्रज्वल भट्टराई राजेश बुढाथोकी परेशराज घिमिरे, प्रेमप्रसाद कंडेल, सूर्य आचार्य र नविन भण्डारी रहेका छन् ।
न्यूसाउथवेल्सको संयोजक पदका लागि प्रतीज्ञा अधिकारीले उम्मेदवारी दिएकी छिन् । त्यसैगरी एनआरएनए अस्ट्रेलियाको महिला संगठन नारी निकुञ्ज अस्ट्रेलियामा मञ्जु खड्काले उम्मेवारी दिएकी छिन् । एनसीसी युवा सचिवमा क्षितिज बढाथोकी, युवा कोषाध्यक्षमा रन्जीत राज वन्त,युवा सदस्यरुमा आकाश केसी, एस्मा आचार्य, बिकल भट्टराई,सन्देश राजभण्डारी,र श्यामकृष्ण वोहोरा छन् ।
त्यस्तै एनएसडब्लु एससीसीको डेपुटी कोर्डिनेटरमा चोलाकान्त (विष्ण) कोइराला, सचिवमा बिनोद बहादुर कुवर, उपसचिवमा राजेश जोशी, कोषाध्यक्षमा भावना श्रेष्ठ रहेका छन् । त्यस्तै एनएसडब्लु एससीसी सदस्यहरुमा मिलन वोहोरा, रविन्द्र सापकोटा, राज गुरुड, राम कुमार सेढाई, राम कृष्ण सिलवाल, रमेश कुमार गौतम, रोजी पन्त,सागर रिजाल,सन्दिप अधिकारी,सारङ्गा श्रेष्ठ र शिव श्रेष्ठ छन् । त्यस्तै एनएसडब्लु एनसीसी सदस्यहरुमा अनुप थापा, विबेक क्षेत्री,ध्रुव पोखरेल, महेश भट्टराई, रमेश अधिकारी र रामजी बस्नेत छन् । एनएसडब्लु स्टेट युथ फोरमको कोर्डिनेटरमा बिक्रम दाहाल, युवा सदस्यहरुमा अनिल घिमिरे, प्रकाश बराल, प्रशान्त सापकोटा, र सुजन सापकोटा रहेका छन् ।


NNA Team
388 views

सम्बन्धित समाचारहरु