बिधानको बिषय प्रवेश नै भएन अनेरास्ववियुको विधान सम्मेलनमा


  • August 23, 2015


बिधानको बिषय प्रवेश नै भएन अनेरास्ववियुको विधान सम्मेलनमा

काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा आयोजित एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विधान सम्मेलन कुनै निर्णयमा पुग्न नसकिकन समाप्त भएको छ । हुलहुज्जत र नाराबाजीमा केन्द्रीत हुन थालेपछि बिधान सम्मेलन ठोस योजना र नीति निर्माण विनानै टुंगिएको हो । विधान सम्मेलनले कुनै पनि विषयमा निर्णय लिन नसेको र केन्द्रीय कमिटीले टुंग्याउने गरी सकिएको महासचिव नविना लामाले जानकारी दिइन् । उनका अनुसार विशेष गरी उमेर र शैक्षिक योग्यताको विषयमा विवाद भएपछि कुनै पनि विषय टुंगो नलागेको हो ।
‘सम्मेलनमा उमेरको सन्दर्भमा २८ वर्ष, मूल नेतृत्वको शैक्षिक योग्यता स्नातकत्तोर हुनुपर्ने बिषय सम्मेलनमा सहभागिहरुले गम्भिर रुपमा उठाएका थिए । विधान सम्मेलनमा प्रतिनिधि विवाद नटुंगिदा हुलहुज्जत र नारावाजी भएको हो । विशेष गरेर महाकाली अञ्चल र सिटिइभिटीबाट सहभागि हुने प्रतिनीधिका बिषयमा विवाद थियो ।
प्रवक्ता आरसी लामिछानेले भने सम्मेलनमा नटुंगिएका विषय केन्द्रीय कमिटीमा लैजाने बताए । ‘सम्मेलन सौहार्दतापूर्वक नै सकियो । केही विवादहरू हुनु स्वभाविकै हो’, उनले भने–‘बाँकी विषय केन्द्रीय कमिटीको बैठकले टुंग्याउँछ । हामी छिट्टै महाधिवेशन गर्नेगरी अगाडि बड्छौँ ।’

महाकाली अञ्चलका र सिटिइभिटीका नेता कार्यकताले सम्मेलन स्थलमा हुलहुज्जत गर्नुका साथै अध्यक्ष किशोरविक्रम मल्लका विरूद्ध नारावाजी नै गरेका थिए । विधान सम्मेलनमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष, अनुशासन आयोग, लेखा आयोगका प्रतिवेदनहरू बाचन मात्र भए, छलफलका लागि फ्लोरमा लगिएन । प्रस्तावित विधानमाथि छलफल नै नगरी केन्द्रीय कमिटीले टुंग्याउने भन्दै सम्मेलन सकिएको घोषणा भएको प्रतिनिधिहरूले गुनासो गरे ।


NEPAL NEWS Team
401 views

सम्बन्धित समाचारहरु