बजेटको उद्योग बाणिज्य महासङ्घद्वारा स्वागत


  • July 18, 2015


बजेटको उद्योग बाणिज्य  महासङ्घद्वारा स्वागत

काठमाडौँ । साउन । भूकम्पले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई कम गर्दै अर्थतन्त्रलाई पुनःगतिशील बनाउन पुनःनिर्माण तथा पुनःस्थापनालाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत चालु आर्थिक वर्षको बजेटको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । आव २०७२/७३ का लागि छ प्रतिशत आर्थिक वृद्धि हुने अनुमानसहित अर्थमन्त्री डा रामशरण महतले सार्वजनिक गरेका आठ खर्ब १९ अर्बको बजेटमा शिथिल अर्थतन्त्रलाई प्रोत्साहन गर्न हालको अवस्थामा करको दर वृद्धि नगरी प्रभावकारी परिचालनका माध्यमबाट आवश्यक स्रोत परिचालन गर्नुपर्नेलगायत महाङ्घका अधिकांश सुझावलाई सम्बोधन भएकामा त्यसको पनि उक्त संस्थाले स्वागत गरेको छ ।

बजेटमा ऊर्जाको उत्पादन, प्रसारण तथा वितरण एवम् भौतिक पूर्वाधारलाई प्राथमिकता साथ प्रस्तुत गरिएकाले त्यसबाट व्यावसायिक लागतलाई घटाउन मद्दत पुग्ने तथा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित मस्यौदा गरिएका ऐनलाई सदनमा प्रस्तुत गर्ने प्रतिबद्धताबाट लगानीकर्ताको मनोबललाई उच्च बनाएको महासङ्घले जनाएको छ । बजेटले सिमेन्ट उद्योगसम्म पुग्ने सडक तथा विद्युत्को व्यवस्था एवम् वातावरणीय प्रक्रियामा सरलीकरण, योगदानमा आधारित निवृत्तिभरण, ठूला पूर्वाधारमा निजी क्षेत्रको सहभागिता, जग्गाप्राप्ति तथा क्षतिपूर्तिमा सरलीकरण, रुग्ण उद्योगका लागि सहुलियत, राष्ट्रिय पर्यटन रणनीतिको कार्यान्वयन, १० वटा आर्थिक सुविधा सम्पन्न सहरको निर्माण, द्रुतमार्गको निर्माण, एकीकृत बस्तीको विकासको व्यवस्था बजेटमा समेटिएकाले त्यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा महासङ्घले गरेको छ ।


NEPAL NEWS Team
236 views

सम्बन्धित समाचारहरु