Wednesday, June 12, 2024

माटोको ढिस्कोमा पुरिएर तीन महिलाको ज्यान गयो


  • March 12, 2015


माटोको ढिस्कोमा पुरिएर तीन महिलाको ज्यान गयो

काठमााडौं । डोटीको कपल्लेकी गाविसमा माटोको ढिक्स्कोमा पुरिएर तीनजना महिलाको ज्यान गएको छ । घर पोत्न कमेरो माटो लिन बिहीबार बिहान माटो खानीमा पुगेका करिब १५ जना मध्ये तीनजनाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृत्यु हुनेहरुमा कपल्लेकी–९ का कालिका भुल, सीताकुमारी भुल र कुमारी भुल रहेका छन् । माटोको ढिस्ककोले पुरियर अन्य चारजना गम्भीर घाइते भएका छन् । उनीहरुको दिपायलस्थित अस्पतालमा उपचार भइरहेको छ ।
माटोको ढिस्कोबाट अझै महिलाको आवाज आइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको दिपायलयस्थित सुदूरपश्चिम पृतनाको टोली र प्रहरीको टोली उद्धारका लागि खटिएको छ ।


NEPAL NEWS Team
335 views

सम्बन्धित समाचारहरु