भैरहवामा अपहरणमा परेका ५ वर्षीय बालकको हत्या


  • February 16, 2015


भैरहवामा अपहरणमा परेका ५ वर्षीय बालकको हत्या

बुटवल । रुपन्देहीको बोगडी ४ का पाँच वर्षीय बालक रोहन नाउको अपहरणपछि हत्या भएको छ । विद्यालय जाने क्रममा गत विहीवार विहान उनलाई अपहरण गरिएको थियो । उनको शव सोमबार दिउँसो साढे २ बजे सिलौटिया गाविस ६ लक्ष्मीपुर गाउँमा फेला परेको प्रहरीले जनाएको छ । अपहरणकारीले रोहनको हत्या गरेर बाँसघारी भित्र लुकाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्चार्ज प्रहरी निरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
बालकलाई उनकै फुपुका छोरा सोही स्थानका २२ वर्षीय प्रदेशी नाउँले अपहरण गरेको पीडित परिवारले दाबी गरेका छन् । बलदेव उपनामले चिनिने प्रदेशीले दुईबर्ष अघि २५ हजार रुपैयाँ मागेको र नदिएपछि छोरो अपहरण गर्ने धम्की दिएकोले यो घटनामा पनि उनैको संलग्नता रहेको रोहनकी आमा शोभा ठाकुराले बताइन् । प्रहरीले घटना अनुसन्धानका लागि प्रदेशी नाउँलाई पक्राउ गरेको छ । रोहनका बालकका बाबु रामकिसुन नाउँ बैदेशिक रोजगारीका लागि एक महिना अघिदेखि मलेशियामा छन् ।


NEPAL NEWS Team
245 views

सम्बन्धित समाचारहरु