Wednesday, June 12, 2024

अमेरिकी हेलिकप्टर दुर्घटनामा ५ जना गैर सैनिकको पनि मृत्यु भएको पुष्टी


  • June 5, 2015


अमेरिकी हेलिकप्टर दुर्घटनामा ५ जना गैर सैनिकको पनि मृत्यु भएको पुष्टी

काठमाडौं । वैशाख २९ गते सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनामा परेको अमेरिकी हेकिलप्टरमा ५ घाइतेको पनि निधन भएको डीएन परीक्षणले पुष्टि भएको नेपाली सेनाले जनाएको छ। शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै नेपाली सेना दुर्घटनाग्रस्त जहाजमा भेटिएका मानव अस्थिपन्जरलगायतका प्रमाण अनुसन्धान गर्दा गैर सैनिक पनि रहेको पुष्टि भएको जनाएको हो । दुर्घटनामा परेको तीन दिनपछि जेठ १ मा दुर्घटनाग्रस्त हेलिकप्टर पत्ता लागेको थियो । सेनाका अनुसार दुर्घटनामा गैरसैनिक नागरिकहरु दोलखा जिल्ला लादुक ७ का ध्रुव कट्वाल, लोकबहादुर कट्वाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी रहेको डीएनए परीक्षण पश्चात पुष्टि भएको हो । १३ दिनसम्म पनि कुनै अस्पतालमा घाइते नभेटिएपछि उनीहरुका आफन्तले खोजी थालेका थिए ।
हेलिकप्टरमै परेको आशंकामा दुर्घटनास्थलबाट थप अवशेषहरु ल्याइएको थियो । हराएकाको डीएनए परीक्षणका लागि आफन्तको डीएनएको नमुना संकलन गर्न यसै साता एक टोली दोलखाको चरिकोट पुगेको थियो ।


NEPAL NEWS Team
616 views

सम्बन्धित समाचारहरु