सुनसरी जिल्ला अस्पतालमा औषधि अभाव


  • February 9, 2015


सुनसरी जिल्ला अस्पतालमा औषधि अभाव

इनरुवा । सुनसरी जिल्ला अस्पताल इनरुवाको इर्मेजेन्सी कक्षमा औषधिको अभाव भएको छ । इर्मेजेन्सीमा कक्षमा औषधी अभाव भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा ७० प्र्रकारका औषधि निःशुल्क रुपमा पाउनुपर्ने भए पनि इर्मेजेन्सी कक्षमा भने औषधि अभाव रहेको स्वास्थ्यकर्मीले गुनासो गरेका हुन् । इमर्जेन्सीमा निःशुल्क रुपमा पाउनुपर्ने औषधिसमेत किन्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले बताएपछि स्वास्थ्यकर्मीले समेत सो कुरालाई बाहिर ल्याएका हुन् । सरकारले निःशुल्क औषधि दिन नसक्दा इमर्जेन्सीमा बस्ने स्वास्थ्यकर्मीलाई नै सेवाग्राहीले आरोप लगाउन थालेपछि अस्पतालले आफूहरुलाई औषधि नदिएको र स्टोरमा जाँदासमेत ढिलासुस्ती गर्ने गरेको एक स्वास्थ्यकर्मीले गुनासो गरे । यता जिल्ला स्वास्थ्य कार्यालयका स्टोर शाखाले जनशक्ति अभावका कारण दुई स्थानमा औषधि वितरण गर्न नसकिएको तर आएकाहरुलाई निःशुल्क औषधि वितरण गरिरहेको दाबी गरे ।


NEPAL NEWS Team
434 views

सम्बन्धित समाचारहरु