Sunday, December 3, 2023

प्रक्रिया स्थगित गर्ने संस्थागत निर्णय नभएको एमाओवादीको भनाई


  • September 11, 2015


प्रक्रिया स्थगित गर्ने संस्थागत निर्णय  नभएको एमाओवादीको भनाई

काठमाडौं । एमाओवादीले संविधान निर्माणको प्रक्रिया स्थगित निर्णय संस्थागत नभएको बताएको छ। पार्टीका केही नेताले यसबारे दबाब दिए पनि अहिलेसम्म औपचारिक निर्णय नभएको पार्टी अध्यक्ष पुष्पकमल दाहालका निजी सचिव चुँडामणि खड्काले बताए। बिहीबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भएको छलफलमा मधेसमा थप हिंसा रोक्न सरकार र शीर्ष नेताहरुले सहमति खोज्ने अन्तिम प्रयासस्वरुप संविधानका धारामाथि मतदान प्रक्रिया आवश्यक परे रोक्ने सहमति भएको समाचार सार्वजानिक भएको थियो । कांग्रेस र एमालेसँग हामीले यसै निर्णयलाई प्रस्तावका रुपमा लैजाने भएका निर्णय भएको वरिष्ठ नेता बाबुराम भट्टराईले बताएका थिए । उनले आज प्रधानमन्त्री निवासमा हुने बैठकमा यसबारे छलफल हुने समेत संचारमाध्यामलाई प्रतिक्रिया दिएका थिए । ‘संविधान निर्माणका जारी प्रक्रिया स्थगित गर्ने संस्थागत निर्णय भएको छैन,’ दाहालका स्वकिय सचिव खड्काले भने ‘पार्टीभित्र यसबारे पार्टीभित्र दबाब भने आएको छ। यसबारे औपचारिक निर्णय भएको छैन।’


NEPAL NEWS Team
153 views

सम्बन्धित समाचारहरु