E-paper

सिड्नीमा रक्तदान सम्पन्न

  •   बाट प्रकाशित
  •  

अष्ट्रेलियामा रहेको सृजनशिल युवाहरुको संगठन नेपाली युथ फोरम अष्ट्रेलियाको आयोजनामा संस्थाका संस्थापक महासचिव तथा समाजसेवी सुरज भट्टराईको स्मृतिमा सिड्नीको ४८३ जर्ज स्ट्रिटस्थित रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

संस्थाका प्रवक्ता दिवाकर काफ्लेका अनुसार २ बजेबाट सुरु भएर ४ बजे समापन भएको उक्त रक्तदान कार्यक्रममा ११ रक्तदाताहरुले होल बल्ड (ध्जयभि द्ययियम) र बाँकी २ ले प्लाज्मा (एबिकmब० दान गरेका थिए ।

कार्यक्रमा संस्थाका अध्यक्ष सागर अधिकारीले उपस्थित हुने रक्तदाताहरूप्रति आभार व्यक्त गरे । कार्यक्रमलाई फोरमका महासचिव अरुण गौतम र सचिव दामोदर रावलले संयोजन गरेका थिए । फोरमले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक बर्ष रक्तदान गर्दै आएको छ ।

Banner Top