Wednesday, June 19, 2024

राजधानीमा फोहोरको डंगुर, स्थानीय र महानगरपालिकाको तनावले फोहोर उठ्ने अनिश्चित


  • March 15, 2015


राजधानीमा फोहोरको डंगुर, स्थानीय र महानगरपालिकाको तनावले फोहोर उठ्ने अनिश्चित

काठमाडौं । राजधानीको फोहोर उठाउन तीन दिनदेखि अवरोध भएपछि महानगर दुर्गन्धित बनेको छ। काठमाडौं महानगरपालिकासँग आबद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहोरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुन्जेल काममा फर्कन नसक्ने भन्दै फोहोर उठाएका छैनन्।
फोहोर बोक्ने निजी क्षेत्रको ट्रकले किचेर बालक रिजन बलामीको बुधबार दिउँसो निधन भएपछि सिसडोलका स्थानीयले महानगरपालिकाका सवारीसाधनमा आगो लगाएपछि कर्मचारीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । ललितपुर, कीर्तिपुर र महानगरआसपासबाट महानगरपालिकाले दैनिक नौ सय टन फोहोर संकलन गरी नुवाकोटको सिसडोल लैजाने गरेको थियो।
सिसडोल ल्यान्डफिल साइट सञ्चालनको करिब १० वर्षे अवधिमा महानगर र सार्वजनिक सम्पत्ति स्थानीयको निसानामा परेको यो पाँचौंपटक हो। ल्यान्डफिल साइटनजिक कोल्पु खोलाछेउका सन्तराम श्रेष्ठ बलामीका छोरा रिजनलाई निजी क्षेत्रबाट फोहोर ढुवानी गर्ने बा१ख ९७२६ नं. को ट्रकले ठक्कर दिएपछि मृत्यु भएको थियो।
आक्रोशित स्थानीयले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको चेन हाइड्रोलिक डोजर हुन्डाई १४० एलभी, क्याटरपिलर डी ५ के, ललितपुर उपमहानगरपालिकाको लोडर, बा१क ३१४८ नं. को माटो बोक्ने ट्रक र बालकलाई ठक्कर दिने बा१ख ९७२६ नं. ट्रकमा आगो लगाएका थिए।
महानगर र ललितपुर उपमहानगरका अधिकांश चोक र गल्लीमा थुप्रिएको फोहोरले सहर दुर्गन्धित भएको छ। महानगरपालिकाको वातावरण प्रशासन महाशाखाका प्रमुख हरिप्रसाद कुँवरले कर्मचारीको सुरक्षाको प्रत्याभूति सरकारले नगरेसम्म राजधानीको फोहोर उठ्न नसक्ने बताए। आवेगमा आएर स्थानीयले टिपर, लोडर, ट्रक र त्यहाँको कार्यालय जलाउँदा चार करोड रुपैयाँ बराबरका उपकरण नष्ट भएको उनले बताए। उनले भने, ‘दुई फरक विषय भएकाले भिन्दाभिन्दै वार्तामा बसेर माग पूरा गर्नुपर्छ। सरोकार नभएको स्थानमा गाडी जलाइएको छ। थुनिएका तीनजनालाई छाड्न दबाब दिइरहेका छन्।’ हाल सिसडोलमा नुवाकोट प्रहरी प्रमुख डीएसपी अरुण पौडेलको नेतृत्वमा एक सय २० जना प्रहरी परिचालित छन्।
पेसागत सुरक्षाको माग राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालयमा बोधार्थ दिएर महानगरपालिकाका कर्मचारीले सुरक्षित वातावरण तयार पार्न सरकारलाई आग्रह गरेका छन्। समाचार अन्नपुर्ण पोष्टमा छ ।


NEPAL NEWS Team
292 views

सम्बन्धित समाचारहरु