आज तीजको अघिल्लो दिन दर खाएर मनाइदै


  • September 15, 2015


आज तीजको अघिल्लो दिन दर खाएर मनाइदै

काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ मंगलबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन भएको छ । यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।


NEPAL NEWS Team
300 views

सम्बन्धित समाचारहरु