कांग्रेसका स्थानीय अधिवेशन फेरि स¥यो


  • August 1, 2015


कांग्रेसका स्थानीय अधिवेशन फेरि स¥यो

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशनको मिति यथावत राख्दै गाँउ क्षेत्र र जिल्लाको अधिवेशनको मिति भने फेरि हेरफेर गरेको छ । कांग्रेसको शनिवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गाँउ जिल्ला र क्षेत्रीय अधिवेशनको मिति १७ दिन पछि सारेको हो । यसअघि नेपाली कांग्रेसको भदौ १ गते गाउँ, नगरको क्षेत्रिय अधिवेशन ७ भदौमा र जिल्लाको १० भदौमा गर्ने गरि मिति तय भएको थियो । शीर्ष नेताहरू संविधान निर्माणमा व्यस्त भएकाले कांग्रेस महाधिवेशन तयारी सुस्त गतिमा अगाडि बढिरहेका बेलामा फेरि गाँउ क्षेत्र र जिल्ला अधिवेशनको मिति पछि सारेको हो । संविधान निर्माणको कार्यतालिकाका कारण कांग्रेसको गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन फेरि सारिएको नेपाली कांग्रेसले जनाएको छ ।
३२ साउनसम्म संविधान निर्माणको व्यस्त कार्यतालिका भएको र १ भदौमा सभासद् गाउँ र नगरमा जान सक्ने अवस्था नरहेकाले पार्टीको गाँउ क्षेत्र र जिल्ला अधिवेशन सार्न लागिएको कांग्रेसले जनाएको छ । शनिवारको बैठकमा महामन्त्री कृष्ण सिटौलाले गाउँ, क्षेत्र र जिल्लाको अधिवेशन मिति सार्ने प्रस्ताव गरेका थिए । १७ गते गाउँ, २२ गते क्षेत्र र २५ गते जिल्ला अधिवेशन गर्ने गरि मिति सारिएको हो । कांग्रेसले संविधान निर्माणमा केन्द्रित हुनु पर्ने भन्दै कांग्रेसले केन्द्रीय अधिवेशन असोज २ देखि ५ मा गर्ने निर्णय गरेको छ । गाउँ तथा नगर भदौ १, क्षेत्र ७ र जिल्ला अधिवेशन भदौ १० गतेका लागि तोकिएको छ । यसअघि गाउँ नगर अधिवेशन साउन १४ क्षेत्रीय २२ र जिल्ला अधिवेशन साउन २६ मा तय भएको थियो । साथै केन्द्रीय महाधिवेशन भदौ २४ देखि २८ सम्म गर्ने तय भएको थियो ।
कांग्रेसले १३ औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्यबाट करिब ६ लाख पु¥याउने लक्ष्य लिएको छ । जसअनुसार क्रियाशील सदस्यता वितरण गरे पनि केहि जिल्लामा विवाद छ । क्रियाशील सदस्यतामाथिको उजुरीमा छानबिन भइरहेको छ । क्रियाशीलको अन्तिम नामावली गाउँ, नगर, क्षेत्र र जिल्लामा पुगेपछि मात्रै पार्टीका स्थानिय अधिवेशन हुनेछन् । केन्द्रीय समितिले केन्द्रीय सदस्य नरहरी आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । क्रियाशील सदस्यता छानविन समितिले साउन १५ गते सम्म सदस्यताको विवाद टुंगो लगाउने भएपनि अझै सदस्यताको टुंगो पनि लाग्न सकेको छैन् ।
कांग्रेसले क्रियाशील सदस्यता टुंगो लगाउनका लागि ३ वटा विकल्प अगाडि सारेको छ । अहिले क्रियाशील सदस्यताको विवाद टुंगो लगाउनका लागि ३ वटा बिकल्पका प्रस्तुत गरेर शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ ।
अहिले पहिलो बिकल्पका रुपमा क्रियाशील सदस्यताको भागबण्डा गरेर टुंगो लगाउने तयारी भएको छ । दोश्रो विकल्पका रुपमा वडा नगर गाँउ क्षेत्र र जिल्ला समितिले सिफारिस गरेकालाई मात्र सिफारिस गरेकालाई मात्र क्रियाशील सदस्यता दिने र तेश्रो बिकल्पका रुपमा विवादीत जिल्लामा अहिले क्रियाशील सदस्यता स्थागित गरेर १२ औं महाधिवेशनमा भएका क्रियाशील सदस्यताको मात्र नविकरण गर्ने बिकल्पमा छलफल भइरहेको छ । १२ औं महाधिवेशनका क्रियाशील सदस्यता नविकरण गर्ने र नयाँ क्रियाशील सदस्यलाई १३ औं महाधिवेशनपछि मात्र स्वीकृती दिने तयारी भएको छ । उनिहरु १४ औं महाधिवेशनमा मात्र मतदानको अधिकारी दिइनेछ ।


NEPAL NEWS Team
314 views

सम्बन्धित समाचारहरु