दश बर्षपछि “मह जोडी” सिड्नीमा


  • April 19, 2024


दश बर्षपछि “मह जोडी” सिड्नीमा

नेपाल न्युज अष्ट्रेलिया संवाददाता

चर्चित हास्यब्यङ्ग कलाकारका रुपमा परिचित मदनककृष्ण श्रेष्ठ र हरिवंश अचार्य १० बर्ष पछि अष्ट्रेलियाको सिड्नि भ्रमणमाआउने भएका छन् । साथै कलाकार कुन्ति मोक्तान,नरेन्द्र कंसाकार र ’राता मकै’ किरण केसी मह जात्राका साथ अष्ट्रेलियाको सिड्नि आइपुग्ने छन। मार्कक्यू होम्स र एभरेस्ट ट्राभलद्वारा आयोजना गर्न लागिएको महाजात्रा जुन २ तारिखमा साझँ ६ बजे सिड्नीको उत्कृष्ट भेन्यु सिड्नि फिल्म फेस्टिबल हुने स्टेट थिएटरमा आयोजना हुने भएको छ ।

महजात्राको कार्यक्रम सफल गर्नलाई सिडनीको इभेंट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ । ड्रीम हाइटले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । स्तरिय कार्यक्रम र दर्शकको सन्तुष्टी हाम्रो चाहना हो ,यसैका लागि पनि यस पटक एक दशकपछि मह जोडीलाई सीड्नी बोलाएर सबैको मुखमा हासो ल्याउने प्रयास गरेका हौ, एभरेष्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले बताए । सीडनीको मुटुमा रहेको टाउनहलमा रहेका एतिहासिक स्टेट थिएटरमा कमै मात्र नेपाली कार्यक्रम हुने गरेका छन । यो आफैमा मह जोडीको लागि ठुलो सम्मान पनि हो, हामीले यसका लागि तयारी अगाडि बढाइसकेका छौ । सीडनीका नेपाली दर्शकदिर्र्घावाट यसमा सहयोग र सदभाव पाउने बिश्वास लिएका छौ , इर्सादले सुनाए ।


NEPAL NEWS Team
135 views

सम्बन्धित समाचारहरु