शब्दमालाको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बिष्णु घिमिरे चयन


  • March 13, 2024


शब्दमालाको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बिष्णु घिमिरे चयन

नेपाल न्युज संम्वाददाता

सिड्नी ।  प्रवासमा नेपाली वालवालिकहरुलाई नेपाली भाषा, कला, संस्कृति र नेपाली परम्पराको वारेमा पठनपाठन गराउने उद्देश्यले खोलिएको शब्दमाला नेपाली भाषा विद्यालयको बार्षिक साधारणसभा ११ फेब्रुअरिमा  ग्य्रान्भिल पब्लिक स्कुलमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

साधारण सभाले शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ  कार्यसमितिको अध्यक्षमा विष्णु घिमिरे, उपाध्यक्षमा विजय रेग्मी, सचिवमा दिपक लामिछाने,  सम्पर्क अधिकारीमा बिजेन्द्र थपलिया, शैक्षिक संयोजकमा  जया थापा, शैक्षिक उपसंयोजकमा अन्नु मिश्र चयन भएका छन् ।

त्यस्तै क्याम्सी शाखाको संयोजकमा ईश्वर गौतम सुदीप गौतम, काल्टन शाखाको संयोजकमा मञ्जु ओझा, ग्य्रान्भिल शाखाको संयोजकमा मल्लिका शर्मा अर्याल र निशा पन्त, वाइतारा शाखाको संयोजकमा भानु चालिसे र सुशिल अर्याल, द पोन्ड्स् शाखाको संयोजकमा हरि पौडेल र गणेश खनाल, न्युक्यासल शाखाको संयोजकमा राजेश खड्का चयन भएका छन् । केही रिक्त वाँकी शाखाका संयोजकहरु पछि छनौट गरिने शब्दमालाले जनाएको छ । साधारण सभाले कानूनी सल्लाहकारमा सन्जिव पाण्डेलाई चयन गरेको छ । साधारण सभामा बिधान संशोधनका संयोजक डा.नन्दराम अर्यालले प्रस्तुत गर्नु भएको संशोधित बिधानलाई सर्बसम्मतीले पारित गरेको थियो ।  

सो अवसरमा शब्दमालाको वार्षिक प्रतिवेदन टिका रेग्मीले प्रस्तूत गरेका थिए । शब्दमालाको नवनिर्वाचित अध्यक्ष विष्णु घिमिरेले शब्दमालाको अभियानलाई साथ दिने सबै कार्यसमितिकाका पदाधिकारी, स्वयंसेवक लगायत सबै अभिभावकहरुमा  धन्यवाद दिँदै आगामी दिनमा शब्दमालालाई अझै परिस्कृत रुपमा अगाडि  बढाउन आफूहरू लागि पर्ने बताए ।

त्यसैगरी  नव निर्वाचित कार्यसमितिको यहि ३ मार्चमा बसेको पहिलो बैठकले  संस्थाको रिक्त पदहरुमा समेत सर्वसम्मत रुपमा पधाधिकारीहरु चयन गरेको छ ।  जसमा सहसचिबमा राजन सिटौला, चयन भएका छन्  भने मक्वायरी फिल्डको शाखा संयोजकमा नारायण कासिच्वा र अर्जिना श्रेष्ठ तथा काल्टन शाखा संयोजकमा  रितु वैद्य श्रेष्ठलाई चयन गरेको छ ।  

सन् २०१० मा न्यु साउथवेल्स राज्यको संघ निगमन ऐन २००९ अन्तरगत गोर्खा नेपाली कम्युनिटी र गुठी अस्ट्रेलियाको सहकार्यबाट शब्दमाला नेपाली भाषा विद्यालयको जन्म भएको थियो ।

शब्दमाला एक स्वयसेवकहरुद्वारा  संचालित गैरराजनीतिक तथा गैरनाफामुलक संस्था हो । एन. एस. डब्लु. फेडरेसन अफ कम्युनिटी ल्याङ्ग्वेज स्कुलको सदस्य रहेको शब्दमालाले विद्यार्थीहरुको संख्याको आधारमा केही आर्थिक सहयोग पनि पाउने गर्दछ ।

हाल शब्दमालामा न्यु साउथ वेल्स राज्यका सात वटा शाखाहरुमा नेपाली भाषा संचालित छन् । जसमा क्याम्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल, ग्रान्भिल पब्लिक स्कुल, मक्वायरी फिल्ड पब्लिक स्कुल, प्लाट्सवर्ग पब्लिक स्कुल, न्युकासल, पोन्डस् हाइस्कुल, र वाइतारा पब्लिक स्कुल, रहेका छन् । शब्दमालामा हाल करिब ३०० विद्यार्थीहरुका साथै २० जना स्वयं सेवक तथा ३८ जना शिक्षक शिक्षिकाहरु रहेका छन् ।


NEPAL NEWS Team
404 views

सम्बन्धित समाचारहरु