रुपन्देही सामाजिक सञ्जालको अध्यक्षमा दिवाकर काफ्ले चयन


  • November 28, 2023


रुपन्देही सामाजिक सञ्जालको अध्यक्षमा दिवाकर काफ्ले चयन

नेपाल न्युज समाचारदाता

सिड्नी । नेपालको रुपन्देही जिल्ला घर भई हाल अस्ट्रेलियामा कार्यरत नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा दिवाकर काफ्ले सर्वसम्बत चयन भएका छन । सञ्जालको शनिवार सम्पन्न चौँथो अधिवेशनबाट काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा रजिंता भण्डारी, महासचिवमा सुचना पाण्डे, सचिवमा कमल चापागाई र कोषाध्यक्षमा प्रदिप पन्थीलाई चयन गरिएको छ ।
त्यस्तै अधिवेशनले सांस्कृतिक संयोजकमा प्रदिप खनाल, महिला संयोजकमा गायत्री पौड्याल, परियोजना संयोजकमा कमल भण्डारी, खेलकुद संयोजकमा सरोज पाठक, पब्लिक रिलेसन अफिसरमा राजन खड्का र आईटी संयोजकमा सरोज पाण्डेलाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा योगेश पराजुली, संयोग गौतम, सुनिता न्यौपाने, रे खरेल, शंकर शर्मा, घनश्याम पाण्डे, पदम अधिकारी, झ्याङ्झी खरेल, राजु खनाल, बसन्त भण्डारी र श्रृजना खड्का गैरे रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले रुपन्देही सामाजिक सञ्जालले सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गरेको बताउदै राजदूताबासले संस्थासंग आवश्यक सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल फेन्का उपाध्यक्ष डा. मधुसुदन पुडासैनी, गैर आवासीय नेपाली संघका सचिब डा. ज्ञानेन्द्र रेग्मी , लागयतले सञ्जालले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा रुपन्देही सामाजिक सञ्जालले गैर आवासीय नेपाली सघंलाई भुकम्प पीडितहरुलाई सहयोग गर्ने गरी १ हजार डलर चेक कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष अनिल पोखरेल लाई सञ्जालका निवर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले हस्तान्तरण गरे।
सो अवसरमा अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने महिला डा. सिर्जना शर्मा र बालबालिकाको क्षेत्रका काम गर्ने राम कोईरालालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका पदाधिकारी , प्रबासी एकतामँचका केन्द्रिय उपाध्यक्ष रमेश पाण्डे, विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधि तथा नेपाली अभिभावकहरु, सञ्चारकर्मी तथा रुपन्देही सामाजिक सञ्जालमा आबद्ध सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नवनिर्बचित अध्यक्ष काफ्लेले नेपाल न्युज सँग कुरा गर्दै सस्थाले मार्ग निर्देश गरेको बाटो अबलम्बन गर्दै सबैसँग हातेमालो गर्ने बताए । सन्जलले अगाडि सारेका परोपकारी कार्यमा सबैको साथ र सहयोगको अपेक्षा काफ्लेले गरेका छन ।

२०१५ सालमा स्थापना भएको सञ्जालले भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्तकृत अनाथ तथा अपाङ्ता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग लगायत बिभिन्न परोपकरी कार्य गर्दै आएको छ ।


NEPAL NEWS Team
285 views

सम्बन्धित समाचारहरु