Wednesday, June 12, 2024

नेपालमा भुकम्प जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह सहित कम्तिमा ५० जनाको मृत्यु(थप विवरण आउन बाँकी )


  • November 4, 2023


नेपालमा भुकम्प जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह सहित कम्तिमा ५० जनाको मृत्यु(थप विवरण आउन बाँकी )

अपडेट न्युज

नेपालन्युज समाचारदाता

काठमाडौं । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले जाजरकोट र रूकुममा अहिलेसम्म कम्तिमा ५० जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। जाजरकोटका विभिन्न क्षेत्रमा घरहरू भत्किएका छन् भने अधिकांश घर चर्किएका छन्।


NEPAL NEWS Team
283 views

सम्बन्धित समाचारहरु