Thursday, December 7, 2023

१० वर्षमा दोस्रो पटक विश्वकप २०२४ का लागि नेपाल छनोट


  • November 4, 2023


१० वर्षमा दोस्रो पटक विश्वकप २०२४ का लागि नेपाल छनोट

नेपालन्युज समाचारदाता

काठमाडौं । नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ।
नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित हात पारेको हो ।
आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको छ ।
शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनलमा
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।
नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो।
ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका हाने ।
भने गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए। उनले २४ बलमा ३ चौका प्रहार गरेर आउट भए ।

यूएईका भ्रित्या अरविन्दले ६४ रन बनाए । उनले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । आलिसान सराफुले १६ र आसिफ खानले १३ रन थपे ।
नेपालका कुशल मल्लले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका मल्लले ११ रन खर्चिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र कप्तान पौडेल समान एक विकेट लिए ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनल आएका थिए । नेपालले अब छनोटको उपाधिका लागि ओमानसँग खेल्ने छ ।

नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण आयोजना भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।


NEPAL NEWS Team
82 views

सम्बन्धित समाचारहरु