चितवन समाज अस्ट्रेलियाको अध्यक्षमा पुरुषोत्तम सडौला


  • September 27, 2023


चितवन समाज अस्ट्रेलियाको अध्यक्षमा पुरुषोत्तम सडौला


नेपाल न्युुज संवाददाता

सिड्नी । चितवन समाज अस्ट्रेलियाको अष्ट्रेलियाको अध्यक्षमा पुरुषोत्तम सडौला चयन भएका छन् । सिड्नीको मेरिल्याण्ड स्थित रेस्ट फंसन सेन्टरमा २४ सेप्टेम्बर आइतबार छैठौ साधारण सभाले सडौलाको अध्यक्षतामा नयॉ कार्यसमिति चयन हो ।
समाजकोे सचिबमा प्रतिक खरेल ,कोषाध्यक्षमा सिरिश बर्तौला ,सह कोषाध्यक्षमा रबि पोखरेल ,पब्लिक रिलेसन अफिसरमा सरोज पण्डित चयन भएका छन् । ।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा हेमराज काफ्ले ,रबिन्द्र कंडेल ,राम डल्लाकोटी ,अमिन मोहम्मद, राधिका गौली ,आनन्द पाठक ,सुजन बर्तौला ,सुशील सडौला, पुष्पा पाठक र सौगात त्रिपाठी रहेका छन् ।
बुद्धि डर्लाकोटिको संयोजकत्वमा सत्यप्रकास कंडेल ,छबि सापकोटा ,रोसन घले र विकास बर्तौला सदस्य रहेको निर्बाचन कमिटीले नयॉ कार्यसमितिको चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले चितवन समाज अष्टेलियन नेपाली समाजको अभिन्न अंग जस्तै बनेको बताउदै एनआरएनए अष्ट्रेलिया सधै हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । पोखरेलले नयॉ कार्यसमितिका साथीहरुलाई नयॉ जोस र जागरका साथ परोपकारी कार्यमा लाग्न समेत शुभकामना दिए ।
त्यस्तै कार्यक्रममा ओसिनिया संयोजक दिनेशराज जोशीले चितवन सामाज अष्ट्रेलियाले गरेको योगदानलाई नजरअन्दाज गर्न नहने बताए । समाजिक अभियन्ता श्री नापितले समाजले गरेको परोपकारी कामको प्रशसा गर्दै चितवन समाज अष्ट्रेलियावासी नेपालीहरुको मेरुदण्ड नै भएको बताए ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लुका संयोजक विनोद कुुवरले संस्थाको नयॉ कार्यसमितिलाई शुभकामना दिर्दै परोपकारी कार्यमा आफ्नो सधैं साथ र सहयोग रहने बताए ।
कार्यक्रममा निबर्तमान अध्यक्ष पूर्णनाथ घिमिरेले परोकारी उद्धेश्यका लागि स्थापना गरिएको समाजले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको बताउदै सहयोगी मन र साथको लागि धन्यवाद दिए । समाजकी कोषध्यक्ष सीता सुुवेदीले वार्षिक आयव्ययकोप्रतिवेदन पढेर सुुनाएकी थिइन् । उपस्थित समाजका प्रतिनिधीहरुले तालीले उक्त प्रतिवेदन पास गरको थियो ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका नबनिर्बाचित अध्यक्ष अनिल पोखरेललाई नेपाली टोपी र खादाका साथ सम्मान पत्र प्रदान गरिएको थिए । समाजका संस्थापक अध्यक्ष सत्यप्रकाश कंडेलले संचालन गरेको उक्त कार्यक्रममा पुुर्व एनआरएनए अष्टेलियाका अध्यक्ष सुुरेन्द्र सिग्देल, वर्तमान आइसीसी सदस्य डिल्ली ढकाल, रमेश अधिकारी, समाजसेवी दिनेश पोखरेल, पुूर्व आइसीसी सदस्य बाल चन्द्र भटराई ,समाजिक अभियन्नता अरुण कूुमार ठाकुुर लगायत विभिन संघ संस्थाका प्रतिनिधि तथा सिड्न नेपालीहरुको उपस्थिति रहेको थियो । नवनियुुक्त चितवन समाज अष्ट्रलियाका अध्यक्ष पुरुषोत्तम सडौलाले नेपाल न्युज अष्टेलियासंग कुुराकानी गर्दै सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले चितवनमा रहेको विपन्न वर्ग मुुसहर जातिको उत्थानमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा समाजका पुुर्व अध्यक्ष छवी सापकोटाले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य दिएका थिए ।


सम्ँँजले यसभन्दा अगाडि पनि चितवनका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । भुूकम्पका वेला होस वा कोभिड महामारीका वेला समाजले सक्दो सहयोगमा अग्रसर भएको थियो । कोभिड महामारीको बेलामा चितवनको भरतपुर अस्पताललाई ६० थान अक्सिजन सिलिण्डर तथा प्रदान गरेको थियो । त्यस्तै मुग्लिङ बजारमा अबस्थित सामुदायिक अस्पताल मुग्लिङ हाईवे अस्पताललाई १ हजार ५ सय अष्ट्रेलियन डलर अर्थात् १ लाख ३३ हजार ४ सय २८ रुपैया कोभिड बिरामीको लागि निःशुल्क आईसोलेसन वार्ड संचालनका लागि सहयोग गरेको थियो । चितवनकै कुरिनटार स्थित ईच्छाकामना गाउपालिकाको आईसोलेसन सेन्टरमा अत्याबश्यक रहेको ईसिजी मेसिन १ थान र पेसेन्ट मोनिटर १ थान प्रदान गरेको थियो । सन् २०११ मा स्थापना भएको समाज अरु सस्थामा भन्दा धेरै सदस्य रहेको समाजमा गनिन्छ । कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।


NEPAL NEWS Team
301 views

सम्बन्धित समाचारहरु