सिड्नीमा यहि शनिवार “गजल मुशायरा” कार्यक्रम हुने


  • September 21, 2023


सिड्नीमा यहि शनिवार “गजल मुशायरा” कार्यक्रम हुने

नेपाल न्युज संम्वाददाता

सिड्नी । यहि सेप्टेम्बर २३ शनिवार १५८ औं मोती जयन्तीको अवसर पारेर सिड्नीमा “गजल मुशायरा” कार्यक्रम हुने भएको छ ।

सिड्नीको हर्स्टभिल १६ म्याकमोहन स्ट्रिट स्थित सिभिक थियटरमा शनिवार अपरान्ह १ः३० बजेदेखि कार्यक्रम सुरु हुने सस्थाले जनाएको छ ।

कार्यक्रमको संयोजन जितेन्द्र मल्ल, केशब शर्मा तथा आर्दश खत्रीले गर्नु हुुनेछ । इनोभेटिभ एसोसियसनको विशेष प्रायोजक रहेको उक्त गजल मुुशायरामा सिड्नी व्रिसवेन, क्यानवेरा, तास्मानिया, मेलवर्न, न्युु क्यासलबाट गजलकारहरुले आआफ्नो गजल प्रस्तुुत गरि गजलका पारखीहरुलाई मनाञ्जन प्रदान गर्नुुहुुनेछ । साथै उक्त दिन खुुडी र पलक गजल संग्रहको समेत अष्टेलियाव्यापी लोकार्पण हुुनेछ ।कर्मभुूमिमा बसेर पनि नेपाली भाषा, कला सस्कृति र साहित्यको सम्बर्धनमा सिड्नीमा विगतमा पनि यस्ता गजल कार्यक्रम हुुदै आएको छ ।सिड्नीवासी नेपाली गजल तथा साहित्यका पारखी एवं शुुभचिन्त्कहरुलाई कार्यक्रममा उपस्थित भैदिनुुहुुन गजलकारहरुको हौसला बढाईदिनुुहुुन पनि आयोजक सस्थाले अनुरोध गरेको छ । प्रवेश निःशुल्क रहको उक्त कार्यक्रममा गजल गायन र नृत्य समेत हुनेछ ।


NEPAL NEWS Team
286 views

सम्बन्धित समाचारहरु