नेपाली हिन्दु समाज अष्ट्रेलियाको तीज भोली


  • September 17, 2023


नेपाली हिन्दु समाज अष्ट्रेलियाको तीज  भोली

तयारी पुरा, कलाकार सिड्नी आइपुगे

नेपाल न्युज सम्बाददाता

सिड्नी । अष्ट्रेलिया यहि सेप्टेम्बर १८ तारिख सोमबारका दिन हरितालिका तीजको अवसरमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीको बरुड पार्कमा हरितालिका तीज महोत्सव कार्यक्रम गर्ने भएको छ । उक्त तीज महत्सबको लागि नेपालबाट ख्यतिप्राप्त कलाकारहरु कोमल ओली र गौरी मल्ल सिड्नी अाइ सकेकाछन् । आराध्यदेव पशुपतीनाथ भगवानको मन्दिर स्थापना गरी नेपालकै झल्को दिनेगरी पूजा गर्न सकिने जानकारी समाजका अध्यक्ष लक्ष्मी बास्ताकोटिले नेपाल न्युज अष्ट्रेलिया सँगको कुराकानीमा बताइन् ।

बास्ताकोटिका अनुसार उक्त दिन सो पार्कमा विहान ९ बजेदेखि साँझ ८ बजेसम्म शिव पूजा रुद्राभिषेक, मध्यान्न आरती, सन्ध्या आरतीको समेत ब्यबस्था गरिएको छ | आराध्यदेब भगवानको पूजाको लागि ईच्छुक श्रदालु भक्तजनहरुको सुबिधाको लागि सम्पूर्ण सामग्री सहितको पूजा थाली पनि उपलब्ध गराइने छ । महोत्सबमा केही साकाहारी भोजनको स्टल समेत रहने छ र । भक्तजनहरुलाई मध्य नजर राखी नि: सुल्क पानीको साथै प्राथमिक स्वस्थ्य उपचारको लागि दुई जना RN को व्यवस्था गरियको बस्ताकोटीले नेपाल न्युज अष्ट्रेलियालाई जानकारी गराइन ।

उक्त दिनको सांस्कृतिक कार्यक्रमको ब्यबस्थापनको जिम्मेवारी उषा पोखरेल र संगीता चापागाईं तथा पुजा र मन्दिरको ब्यबस्थापन हिन्दु समाज अष्ट्रेलियाले लिएको छ । कार्यक्रममा सिड्नीमा स्थापित बिभिन्न सघ सस्थाहरुले भोलिन्टीयर रुपमा सघाउने भएका छन’ । पूजाको लागि तीन जना गुरुहरु राखीएको हुँदा लाइनमा धेरै बेर बस्नु नपर्ने बस्ताकोटीले बताइन । सो सस्थाले गत बर्ष पनि Granville पार्क Merryland मा तीजको भब्य कार्यक्रम सम्पन्न गरेको थियो । बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि श्रदालु भक्तजनहरुको उपस्थिति बढी हुने आयोजक सस्थाले आशा गरेको छ ।

गत वर्ष ग्यानन्भिल पार्क मेरिल्याण्डमा आयोजित तीज महोत्सवमा नाचगानमा रमााउर्दै

आयोजक सस्थाले प्रवासमा रहेर पनि आफ्नो धर्म सस्कृति परम्परा र रितिरिवाजलाई जोगाउन सिड्नीबसी सबै नेपाली दाजुभाई दिदी बहिनी तथा आमा बुवाहरुलाई सहभागी हुन अनुरोध समेत गरेको छ । महोत्सबमा ख्याति प्राप्त कलाकारहरु कोमल ओली र गौरी मल्ल लगायत स्थानिय कलाकारहरुबाट सांस्कृतिक नाचगानको बिशेष प्रस्तुति रहनेछ ।


NEPAL NEWS Team
324 views

सम्बन्धित समाचारहरु