Wednesday, June 12, 2024

खाडीको कमाइ,जान्छ रमाइ रमाइ


  • September 8, 2023


खाडीको कमाइ,जान्छ रमाइ रमाइ

पाखाबारी बन्दैछन बंजर-कहिले बढने जनताको स्तर

मध्यपुर्वको खाडीमा ४५ डिग्री भन्दा बढीको तापक्रममा चुहाएको पसिनाको कमाइको महत्व जो कोहिले पनि सहजै संझनसक्छ । तर यसरी कमाएको पैसा नेपालमा पुगेपछि मात्र जिवनयापन र मोज अनि भोजमै सिमित हुन थालेपछि एउटा गंभिर प्रश्न उठन थालेको छ । के पाखाबारी बाँझै राखेर उखरमाउलो गर्मीमा बगाएको रेमिट्यान्स भारतीय सागसब्जी र अन्न किनेरै अनि मोबाइल र कुर्ता किनेरै सकिने हो भने यसको अर्थ के रहयो त ।
मुलुक आर्थिक जर्जरको अवस्थामा पुग्दै गर्दा खाडीको पसिनालेनै कुल रेमिट्यान्सको पचास प्रतिशत धानेको अवस्थामा यसलाई कसरी उपयोगी बनाउने भन्ने बिषय गौण देखिएको छ । पचास डिग्रीको उखरमाउलो गर्मीमा कतारमा श्रम गरेर कमाएको पचास हजार नेपालमा परिवार घान्न मात्र सिमित हुँंदा यसको उपयोगीता र कमाइ माथिनै प्रश्न चिन्ह खडा भएको छ । पहाडका कयैन पाखा र पखेरा यतिखेर उजाड भएका छन, जहा हिजो परम्परागत कृषीको उब्जाउ भुमिका रुपमा चिनिन्थ्यो ,त्यो आज बदैशिक रोजगारले बंजर भएका छन । गाउँंमा युवापुस्ता छैनन, बुढा बुढी र बच्चाहरुको मात्र भिडभाड छ । यस्तो अवस्थामा हामीले भित्राएको रेमिट्यान्सले मुलुक चल्ने मात्र काम भएको छ जनताको स्तर बढाउने काम भएको छैन, कतार बसेर एनआरएन अभियानलाई अगाडि बढाइरहेका व्यबशायी राजेन्द्र कुमार शर्मा बताउछन ।


गैर आवासिय नेपाली संघको उपाध्यक्ष समेत रहेका आरके शर्मा भन्छन, अब सामुहिक लगानीको अवधारणा नल्याउने हो भने फेरी पनि बाझो बारी र बिदेशी उत्पादन हाम्रालागि बाध्यता बन्नेछन । गैर आवासिय नेपाली संघले मुलुकको हितका खातिर गर्न सक्ने काम भनेको गलत वाटोवाट जाने रेमिट्यान्स रोक्ने र जाने रेमिट्यान्सको सहि सदुपयोग हो । हामीले यसतर्फ ध्यान दिनुपर्ने जरुरी देखेका छौ । यति मात्र होइन मध्यपुर्वमा अहिले देखिएको अर्को समस्या भनेको स्वास्थपनि हो , उमेर छउन्जेल उखरमाउलो गर्मीमा गर्ने मजदुरीले धेरै नेपाली युवालाइ उमेरमै रोगी बनाएको छ , रोगी बन्दैगर्दा मानिश उपचार्थ जोगी बन्छन । यस्तो बिषयमा एनआरएनले मजदुरको स्वास्थ बिमा र उपचारको बिषयमा समेत पहल गर्नुपर्ने आवश्यकता देखिएको आरके बताउछन ।
मुलुक धान्ने रेमिट्यान्स पठाउने खाडी र गैर आवासिय भावना अनुरुप पनि एक पटक मजदुरको हितका लागि एनआरएनमा खाडीको नेतृत्व जरुरी देखिएको उपाध्यक्ष आरके बताउछन । श्रमीकको हक र हितका लागि पहल अनि रेमिट्यान्सको सहि सदुपयोग अहिलेको टडकारो आवश्यकता हो ,यसमा पहल गर्नेछु ।

नेपाली युवा उमेर पुगेपछि रहरले विदेश जाँदैनन । अधिकांश बाध्यताले जान्छन । देशभित्रै इलम गरेर बस्न सकिन्छ भन्ने साहस र आश दुवै कम हुँदा युवा विदेश पलायन हुन बाध्य छन । युवा विदेश पहलायनको कारण यो मात्र होइन । देशभित्र भइरहेका भ्रष्टाचार, अस्थिर राजनीति, नातावाद, कृपावादले पनि युवा पलायनलाई उत्प्रेरित गरिरहेका छ ।
वैंसमा छाडेकी जीवन संगिनीको कपाल फुलेपछि बिदेशवाट फर्कने श्रीमानहरुको शरिर थाक्दैगर्दा न त कमाइनै बचेको हुन्छ न त जाएजेथानै । आउँला र रमाउँला भन्ने आशा गीतले भनेजस्तै उमेर ४० कटेपछि पनि संभव हुदैन । त्यसैले पनि उमेरमै कमाएको पैसालाई सहि सदुपयोग नगर्ने हो भने खाडीका लाखौ मजदुरहरुको भबिष्य अन्धकार देखिन्छ, यस्तो अवस्थामा राज्यसँंग साझेदारी गरेर एउटा सामुहिक लगानीको बाताबरण बनाउनु जरुरी देखिन्छ । महिनाको पचास ,साठी हजार कमाउने मजदुरले बचाउने र पठाउने भनेको नगन्य मात्र हुन सक्छ तर सामुहिक लगानी मार्फत थोरै थोरै भएपनि लगानीको बाताबरण बनाउन सक्यौ भने उनिहरुको भबिष्य सुरक्षीत हुने थियो ।
मध्यपुर्वको खाडीमा ४५ डिग्री भन्दा बढीको तापक्रममा चुहाएको पसिनाको कमाइको महत्व जो कोहिले पनि सहजै संझनसक्छ । तर यसरी कमाएको पैसा नेपालमा पुगेपछि मात्र जिवनयापन र मोज अनि भोजमै सिमित हुन थालेपछि एउटा गंभिर प्रश्न उठन थालेको छ । के पाखाबारी बाँझै राखेर उखरमाउलो गर्मीमा बगाएको रेमिट्यान्स भारतीय सागसब्जी र अन्न किनेरै अनि मोबाइल र कुर्ता किनेरै सकिने हो भने यसको अर्थ के रहयो त ।
मुलुक आर्थिक जर्जरको अवस्थामा पुग्दै गर्दा खाडीको पसिनालेनै कुल रेमिट्यान्सको पचास प्रतिशत धानेको अवस्थामा यसलाई कसरी उपयोगी बनाउने भन्ने बिषय गौण देखिएको छ । पचास डिग्रीको उखरमाउलो गर्मीमा कतारमा श्रम गरेर कमाएको पचास हजार नेपालमा परिवार घान्न मात्र सिमित हुँंदा यसको उपयोगीता र कमाइ माथिनै प्रश्न चिन्ह खडा भएको छ । पहाडका कयैन पाखा र पखेरा यतिखेर उजाड भएका छन, जहा हिजो परम्परागत कृषीको उब्जाउ भुमिका रुपमा चिनिन्थ्यो ,त्यो आज बदैशिक रोजगारले बंजर भएका छन । गाउँंमा युवापुस्ता छैनन, बुढा बुढी र बच्चाहरुको मात्र भिडभाड छ । यस्तो अवस्थामा हामीले भित्राएको रेमिट्यान्सले मुलुक चल्ने मात्र काम भएको छ जनताको स्तर बढाउने काम भएको छैन, कतार बसेर एनआरएन अभियानलाई अगाडि बढाइरहेका व्यबशायी राजेन्द्र कुमार शर्मा बताउछन ।
गैर आवासिय नेपाली संघको उपाध्यक्ष समेत रहेका आरके शर्मा भन्छन, अब सामुहिक लगानीको अवधारणा नल्याउने हो भने फेरी पनि बाझो बारी र बिदेशी उत्पादन हाम्रालागि बाध्यता बन्नेछन । गैर आवासिय नेपाली संघले मुलुकको हितका खातिर गर्न सक्ने काम भनेको गलत वाटोवाट जाने रेमिट्यान्स रोक्ने र जाने रेमिट्यान्सको सहि सदुपयोग हो । हामीले यसतर्फ ध्यान दिनुपर्ने जरुरी देखेका छौ । यति मात्र होइन मध्यपुर्वमा अहिले देखिएको अर्को समस्या भनेको स्वास्थपनि हो , उमेर छउन्जेल उखरमाउलो गर्मीमा गर्ने मजदुरीले धेरै नेपाली युवालाइ उमेरमै रोगी बनाएको छ , रोगी बन्दैगर्दा मानिश उपचार्थ जोगी बन्छन । यस्तो बिषयमा एनआरएनले मजदुरको स्वास्थ बिमा र उपचारको बिषयमा समेत पहल गर्नुपर्ने आवश्यकता देखिएको आरके बताउछन ।
मुलुक धान्ने रेमिट्यान्स पठाउने खाडी र गैर आवासिय भावना अनुरुप पनि एक पटक मजदुरको हितका लागि एनआरएनमा खाडीको नेतृत्व जरुरी देखिएको उपाध्यक्ष आरके बताउछन । श्रमीकको हक र हितका लागि पहल अनि रेमिट्यान्सको सहि सदुपयोग अहिलेको टडकारो आवश्यकता हो ,यसमा पहल गर्नेछु ।
नेपाली युवा उमेर पुगेपछि रहरले विदेश जाँदैनन । अधिकांश बाध्यताले जान्छन । देशभित्रै इलम गरेर बस्न सकिन्छ भन्ने साहस र आश दुवै कम हुँदा युवा विदेश पलायन हुन बाध्य छन । युवा विदेश पलायनको कारण यो मात्र होइन । देशभित्र भइरहेका भ्रष्टाचार, अस्थिर राजनीति, नातावाद, कृपावादले पनि युवा पलायनलाई उत्प्रेरित गरिरहेका छ ।
वैंसमा छाडेकी जीवन संगिनीको कपाल फुलेपछि बिदेशवाट फर्कने श्रीमानहरुको शरिर थाक्दैगर्दा न त कमाइनै बचेको हुन्छ न त जाएजेथानै । आउँला र रमाउँला भन्ने आशा गीतले भनेजस्तै उमेर ४० कटेपछि पनि संभव हुदैन । त्यसैले पनि उमेरमै कमाएको पैसालाई सहि सदुपयोग नगर्ने हो भने खाडीका लाखौ मजदुरहरुको भबिष्य अन्धकार देखिन्छ, दुबइमा सेक्युरिटीमा कार्यरत पेशल पोखरेल
बताउछन ।
यस्तो अवस्थामा राज्यसँंग साझेदारी गरेर एउटा सामुहिक लगानीको बाताबरण बनाउनु जरुरी देखिन्छ । महिनाको पचास ,साठी हजार कमाउने मजदुरले बचाउने र पठाउने भनेको नगन्य मात्र हुन सक्छ तर सामुहिक लगानी मार्फत थोरै थोरै भएपनि लगानीको बाताबरण बनाउन सक्यौ भने उनिहरुको भबिष्य सुरक्षीत हुने थियो, उपाध्यक्ष आरकेको भनाइ थियो ।


Nepal News Australia
356 views

सम्बन्धित समाचारहरु