शब्दमाला नेपाली भाषा विद्यालयले खुला सत्र २०२३ आयोजना गर्दै


  • August 16, 2023


शब्दमाला नेपाली भाषा विद्यालयले खुला सत्र २०२३ आयोजना गर्दै

कृष्ण तिवारी

सिड्नी । शब्दमाला नेपाली भाषा विद्यालयले नेपाली भाषा विद्यालयमा वालवालिकाहरुलाई भर्ना गर्न प्रोत्साहन गर्ने हेतुुले अगष्ट २७ , सेप्टेम्बर ३ तथा सेप्टेम्बर १० तारिक आइतवारका दिन विहान साढे १० बजेदेखि साढे १२ बजेसम्म खुुला सत्रको आयोजना गर्ने भएको छ ।
शब्दमालाको महत्व र भर्ना प्रक्रियाका वारेमा जानकारी दिने हेतुुले अगष्ट ११ तारिकका दिन ग्य्रानभिलमा आयोजित पत्रकार सम्मेलनमा शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णुु घिमिरेले शब्दमालाको महत्वमाथि प्रकाश पार्दै प्रवासमा नेपाली वालवालिकाहरुलाई आफ्नो नेपाली भाषा ,कला सस्कृतिका वारेमा जानकारी गराउनुु हरेक अभिभावहरुको दायित्व रहेको बताए । उनले भने — हामी नेपालीहरु कला संस्कृतिमा निकै धनी छौं हाम्रा रितिरिवाज चाढपर्वहरु धेरै छन् । प्रवासमा जन्मिएका वालवालिकाहरुलाई यस्ता नेपाली चाढपर्वहरुको जानकारी दिनुपर्दछ ।
शब्दमाला नेपाली भाषा विद्यालयले यहि आवश्यकतालाई महसुुस गरेर आफ्नो पाठ्यपुुस्तकहरुमा यस्ता नेपाली चाढपपर्व, रितीरिवाज, भाषा सस्कृतिका वारेमा समावेस गरिएको घिमिरेले बताए । ग्रान्भिल शब्दमाला शाखाका कोर्डिनेटर नविन अर्यालले नेपालबाट अष्ट्रेलियामा रहेका नातिनातिनीलाई हेरचाह गर्न आएका आमाबुुवाहरुले आफ्ना नातिनातिनीहरुले नेपाली भाषा बोल्न नजान्दा एक्लो महसुुस गर्ने गरेको बताए । भाषा भनेको सुुचना आदनप्रदानको माध्यम पनि हो तर भाषाकै कारण नेपालका आमाबुुवा तथा नातीनातिनाहरुमा सामिप्यतामा कमी आएको बताए । त्यस्तै शब्दमालाका सहसचिव दिपक लामिछानेले प्रवासमा नेपाली भाषा कला संस्कृतिको जगेर्नामा शब्दमालाले अथक पहल गरेको बताउदै अष्ट्रेलियामा रहेका अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई नेपाली विद्यालय पठाएर सहयोग गर्न आग्रह गरे । प्रत्यक्ष तथा जुुमबाट समेत गरिएको पत्रकार सम्मेलनमा जोडिएकी शब्दमालाकी पुर्व अध्यक्ष अर्चना गुरुङले सबैको हातेमालो बाटै शब्दमाला यहांसम्मको यात्रा तय गरेको बताउदैं आउदा दिनहहरुमा पनि सबैलाई सहयोग गर्न आग्रह गरिन् ।

शब्दमालाको खुला सत्र २०२३ को लागि अगष्ट २७ तारिकमा ग्रान्भिल, पोन्डस् र वाइतारा पब्लिक स्कुुल , सेप्टेम्बर ३ तारिका दिन क्याम्सी, कार्लटन र क्याकुुरी फिल्ड पब्लिक स्कुुल तथा सेप्टेम्बर १० तारिकका दिन न्युुकास्टलको स्कुुलमा खुला सत्र राखिएको छ । उक्त दिन सबै अभिभावहरुकलाई सहभागिता जनाइदिएर शब्दमालाको बारेमा विशेष जानकारी लिन अध्यक्ष घिमिरेले सबैलाई आग्रह समेत गरेका छन् ।
सन् २०१० मा न्यु साउथवेल्स राज्यको संघ निगमन ऐन २००९ अन्र्तगत गोर्खा नेपाली कम्युुनिटी र गुुठी अस्टु«ेलियाको सहकार्यबाट शब्दमाला नेपाली भाषा विद्यालयको जन्म भएको थियो ।
शब्दमाला एक स्वयसेवकहरुद्धारा संचालित गैरराजनीतिक तथा गैरनाफामुलक संस्था हो । एन एस डब्लुु फेडलर अफ कम्युुनीटी ल्याग्वेज स्कुुलको सदस्य रहेको शब्दमालाले विद्यार्थीहरुको संख्याको आधारमा केही आर्थिक सहयोग पनि पाउने गर्दछ ।

हाल शब्दमालामा न्युु साउथ वेल्स राज्यका सात वटा शाखाहरुमा नेपाली भाषा संचालित छन् । जसमा क्याम्सी पब्लिक स्कुुल, कार्लटन साउथ पब्लिक स्कुुल, ग्रान्भिल पब्लिक स्कुुल, म्याकुुरी फिल्ड पब्लिक स्कुुल, प्लाट्सवर्ग पब्लिक स्कुुल, न्युुकास्टल, पोन्डस् हाइस्कुुल, र वाइतारा पब्लिक स्कुुल, रहेका छन् । शब्दमालामा हाल करिब ३०० विद्यार्थीहरुका साथै २० जना स्वयं सेवक तथा ३२ जना शिक्षक शिक्षिकाहरु रहेका छन् । शब्दमालाले भाषाको अतिरिक्त नेपाली नृत्यहरु पनि सिकाउदै आएको छ । नेपाल फेष्टिभल लगायत अन्य नेपाली कार्यक्रमहरुमा शब्दमालाका ससाना वालवालिकाहरुले आफ्नो प्रस्तुुत दिदै आएका छन् ।


NEPAL NEWS Team
540 views

सम्बन्धित समाचारहरु