Thursday, December 7, 2023

रन्जिता फाउन्डेसनलाई सहयोग प्रदान


  • August 13, 2023


रन्जिता फाउन्डेसनलाई सहयोग प्रदान

अस्ट्रेलियाको एडिलेड शहरमा बसेर आफ्नो कर्म गर्दै आएका नवलपुर समाज अस्ट्रेलियाका अध्यक्ष तथा एनआरएनका सदस्य बिष्णु तिवारीको संयोजनमा अर्थ संकलन गरेर नेपालमा स्वास्थ क्षेत्रमा कार्यरत रन्जिता फाउन्डेसनलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
परदेशमा बसेर पनि नेपाल र नेपाली समाज प्रती योगदान गर्ने कर्मठ हातहरुकोतर्फवाट दुइलाख चार हजार रुपैया सो फाउन्डेसनलाई सहयोगस्वरुप प्रदान गरिएको तिवारीले बताए । बेबारिसे लासको दाहसंस्कार, प्राकृतिक प्रकोप ,दैबिक प्रकोपबाट प्रताडित मानिसहरूको बृहतर हितका निम्ति लागिपरेको रन्जिता फाउन्डेसनले सहयोगप्रती आभार ब्यक्त गरेको छ ।
हामीमा भ्रातृत्व अझै जीवितै छ । देशको मायाले हामी सदा ऊर्जावान रहेका छौँ । हरेक विपत्तिलाई सबै मिलेर पार लगाएका छौँ । यो विशिष्ट सामाजिक सम्बन्ध हो । नेपाली समाजमा रहनुमा गौरवान्वित हुने विषय पनि हो ,युवा अभियन्ता बिष्णुले सहयोगी मनहरुलाई धन्यबाद दिदै बताए ।


Nepal News Australia
369 views

सम्बन्धित समाचारहरु