एनआरएन न्यु साउथवेल्समा स्वीकृतीको दाबेदारी
गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको उपाध्यक्ष तथा न्यु साउथवेल्स राज्यको संयोजकमा स्वतन्त्र उमेदबारी घोषणा गरेकी स्वीकृती भट्टले पैसाले सदस्यता किनेर समाजिक सेवाभाव नहुने बताएकी छिन । बिभिन्न प्यानलवाट उमेदबारको बाढीनै आएको बेला एनआरएन न्युसाथवेल्सकी उप संयोजक रहेकी स्वीकृती भट्टले राजनितीक समुह उपसमुहवाट अलग रहेर आफुले स्वतन्त्र उमेदबारी दिन लागेको बताइन ।
एनआरएन अभियान र यसको गरीमालाई बचाउन आफ्नो यो प्रयास फरक र अलग रहेपनि महत्वपुर्ण शन्देसको रुपमा रहेको स्वीकृतीको भनाइ थियो । यस अघि आफुपनि गुटमै बिभाजन भएर चुनाब लडेको र जितेको कुरा स्वीकार्दै उनले घोषणा कार्यक्रममा भनिन तर संगठनमा पुगेपछि थाहा भयो यसको असर भने नराम्रो रहेछ भनेर । कुनै पनि राजनितीक दलको गुट उपगुट भएर समाजसेवामा लाग्दै गर्दा यसको बिभीन्न स्वार्थहरु गासीने भएको कारण यस पटक आफु स्वतन्त्र उमेदबारका रुपमा एनआरएन अस्ट्रेलियाको चुनाबी मैदानमा उभिएको स्वीकृतीले बताइन ।
पैसा उठाएर सदस्यता बनाएर चुनाब लड्नु आफ्नो समाजीक दायित्व भित्र नपर्ने र यस्तो कर्मले बिशुद्ध
समाजिक सेवा पनि नहुने भन्दै आफ्नो उमेदबार संगठनका लागि शन्देशको रुपमा रहेको स्वकृतीले बताइन ।