Thursday, December 7, 2023

डब्बोमा अभिभावक अन्तरक्रिया तथा चियापान कार्यक्रम


  • June 27, 2023


डब्बोमा अभिभावक अन्तरक्रिया तथा चियापान कार्यक्रम

विकास दवाडी

सिड्नी, असार १०

डब्बो नेपाली समाज अष्ट्रेलियाले अभिभावक अन्तर्क्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

अष्ट्रेलियाको न्युसाउथवेल्थ राज्यको पश्चिम ग्रामिण शहर डब्बोमा पछिल्लो समय नेपाली समुदायको संख्या बढ्दो छ।

कार्यक्रममा नेपालबाट आफ्ना छोराछोरी तथा नाति नातिनालाई भेट्न नेपाली मन लिएर  आएका अभिभावकको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा नेपाली अभिभावकलाई लक्षित गरेर उनीहरूको अनुभव, अवधारणा र रचनात्मक विचारलाई यहाँको नेपाली समुदायप्रति के कसरी समाहित गर्न सकिन्छ भन्ने अन्तर्क्रिया गरिएको थियो।

‍परदेशी भूमिमा रहेर पनि आफ्नो कला र संस्कृतिको रक्षार्थ दाजुभाइ दिदीबहिनी भेला भएर अन्तर्क्रियामा सहभागी हुन पाउनु गौरवको कुरा रहेको अभिभावकले विचार व्यक्त गरेका थिए।

उनीहरूले आगामी दिनमा पनि यस्तै कार्यक्रमको अपेक्षा गरेका थिए।

यस्ता कार्यक्रमले नयाँ पुस्तालाई नेपाल चिनाउन र नेपाली समाजप्रतिको जिम्मेवारीलाई आत्मबोध गराउन अभ्यस्त बनाउने उनीहरूले तर्क गरेका थिए।

कार्यक्रममा अभिभावका रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली समाज लक्षित कार्यक्रम निरन्तर आयोजना गर्न डब्बो नेपाली समाज प्रतिवद्ध रहेको अध्यक्ष सुनिल भण्डारीले बताए।


NNA Team
332 views

सम्बन्धित समाचारहरु