Wednesday, June 12, 2024

टीका कार्की स्मृति सक्रिय पत्रकारिता पुरस्कार काफ्ले र आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने


  • April 27, 2023


टीका कार्की स्मृति सक्रिय पत्रकारिता पुरस्कार काफ्ले र आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने

सिड्नी । प्रथम टीका कार्की स्मृति सक्रिय पत्रकारिता पुरस्कार पत्रकारद्धय हेमन्त काफ्ले र ऋषि आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा)ले स्वर्गिय पत्रकार टीका कार्कीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरेको हो । हरेक दुई वर्षमा विश्व प्रेस स्वतन्त्रता दिवसको छेको पारेर उक्त पुरस्कार प्रदान गरिने एन्जाले जनाएको छ । सोही अनुसार यस वर्ष मे ५ तारिकमा पत्रकार काफ्ले र आचार्यलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि एक हजार डलर अष्ट्रेलियन डलर र प्रमाणपत्र रहेको छ ।
संस्थाले सोही पुरस्कार वितरण समारोहमा उपस्थित हुन अस्ट्रेलियावासी सम्पूर्ण नोपलीलाई अनुरोध गरेको छ । एन्जाले अस्ट्रेलियामा रहेर सक्रिय पत्रकारिता गरिरहेका नेपालीमुलका पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने गर्दछ । सिड्नीस्थित बार्दली फङ्कसन सेन्टर मेरिल्याण्डमा सांझ डिनर सहितको कार्यक्रम हुने संस्थाले जनाएको छ । कार्यक्रममा सहभागी हुने व्यक्तिले अप्रिल ३० तारिख आइतबारसम्ममा जानकारी दिनुपनि अनुरोध गरेको छ । लामो समयदेखि प्रवासमा पत्रकारिता गर्दै आएका काफ्ले र आचार्य दुवै एन्जाका पूर्वअध्यक्ष र वर्तमान संरक्षक हुन्।


NEPAL NEWS Team
232 views

सम्बन्धित समाचारहरु