Saturday, June 15, 2024

गोरखा समाज अष्ट्रेलियाले नेपाली नया बर्ष २०८० बिशेष कार्यक्रम गर्दै


  • April 27, 2023


गोरखा समाज अष्ट्रेलियाले नेपाली नया बर्ष २०८० बिशेष कार्यक्रम गर्दै

सिड्नी । गोरखा समाज अष्ट्रेलियाले नेपाली नया बर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजले यही मे ६ आइतबार मेरिल्याण्ड्सस्थित रेष्ट फङ्सन सेन्टरमा नया बर्ष शुभकामना साझ २०८० गर्ने भएको हो ।
साझ ५ बजेपछि शुरु हुने कार्यक्रममा रात्रीभोज सहित नेपाली कला संस्कृति झल्किने बिभिन्न मनोरञ्जनात्मक प्रस्तुती पस्कने समाजका अध्यक्ष प्रकाश बस्ताकोटीले बताए । वास्ताकोटीका अनसार कार्यक्रममा विषेशत गोरखा घर भइ अध्ययन तथा रोजगारीको शिलसिलामा अष्ट्रेलियामा बसोवास गर्नभएका ब्यक्तित्व लगायत नेपाली समुदायका व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।
सोही दिन गोेरखा समाजको बार्षिक साधारणसभासमेत हुनेछ । सभाले आगामी कार्यकालका लागि नया नेतृत्वको पनि चयन गर्नेछ ।


NEPAL NEWS Team
269 views

सम्बन्धित समाचारहरु