Thursday, December 7, 2023

डब्बोमा नेपाली नयाँ वर्ष मनाइयो


  • April 17, 2023


डब्बोमा नेपाली नयाँ वर्ष मनाइयो

विकास दवाडी

सिड्नी।

नेपाली नयाँ वर्षको अवसरमा डब्बो नेपाली समाजले यही अप्रिल १४ तारिख शुक्रबार डब्बोमा शुभकामना तथा बार्बिक्यु कार्यक्रम गर्‍यो।

एन एस डब्लु राज्यको पश्चिम ग्रामिण शहर डब्बोमा भएको सो कार्यक्रममा डब्बोको आसपासमा बसोबास गरेका नेपालीको बाक्लो सहभागिता थियो।

कार्यक्रममा सहभागीबीच एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको थियो। 

अपरान्ह २ बजेदेखि सुरू भएको सो कार्यक्रममा सहाभागीले नेपाली गीत संगीतमा नाचगान गर्नुका साथै बार्बिक्युको मज्जा लिएका थिए। डब्बोमा वर्षेनी नेपालीको संख्या बढ्दै गएको र नेपाली समुदायका गतिविधिहरु पनि बढ्दै गएको छ।

जेनिथ क्विक फाइनान्सको मुख्य प्रायोजनमा भएको सो कार्यक्रममा अभिभावक यदुनाथ भट्टराईले बिदेशमा आएर पनि नेपाली कला सस्कृति अनि परम्परा जोगाउन सस्थाले गरेको प्रयास प्रति धन्यबाद दिदै आफ्नो कविता बाचन गरेका थिए।

सो अवसरमा अभिवाबकद्वय चन्द्र थापा र स्वस्तिका श्रेष्ठले नेपाली परम्परा र सस्कृति लाई जोगाउन सहयोग पुग्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने कुरामा जोड दिए।

कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न आयोजक सस्थाका अध्यक्ष सुनिल भण्डारी ,रमेश शर्मा ,किशोर के सी ,महेन्द्र थापा ,बिकाश दवाडी ,ज्योति कार्की, डोलराम ढकाल निशा पौडेल लगायतका समाजका अभियन्ताहरुले महत्व पूर्ण भूमिका खेलेका थिए ।

कार्यक्रममा उत्कृस्ट खेलाडीहरुलाई पुरस्कार प्रदान. गरिएको थियो ।


NNA Team
406 views

सम्बन्धित समाचारहरु