Sunday, December 3, 2023

अच्युत थपलियाको अध्यक्षतामा प्रवासी नेपाली एकता मञ्च गठन


  • April 17, 2023


अच्युत थपलियाको अध्यक्षतामा प्रवासी नेपाली एकता मञ्च गठन

एनएनए प्रतिनिधि

सिड्नी।

अच्युत शर्मा थपलियाको नेतृत्वमा अष्ट्रेलियामा नेकपा (एकीकृत समाजवादी पार्टी) निकट प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च गठन भएको छ।

हालै सिड्नीमा बसेको विशेष भेलाले संस्थाका महासचिव थपलियाको नेतृत्वमा संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो।

तत्कालिन अध्यक्ष माधव शाहसहित अधिकांश पदाधिकारीले राजीनामा दिएपछि थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

बैठकले वरिष्ठ उपाध्यक्षमा पूर्ण लामिछानेलाई चयन गरेको छ भने उपाध्यक्षद्वयमा लक्ष्मण श्रेष्ठ र तारालाल घिसिङ, महासचिवमा उद्वव खड्का र कोषाध्यक्षमा सरोज नेपालीलाई चयन गरेको छ।

प्रवास अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव ध्रुव सुवेदी प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले संस्थाको सदस्यमा हरिलाल लामिछाने, सीके भुसाल,  कमल देवकोटा , अवानिस नेपाल, रमेश सोडारी, डा. ईभ धिसी, विवेक अर्याल, सुमन शर्मा, रन्जन मैनाली, पुष्पा थापा, दिपक भुसाल, प्रसिद्ध ढुंगेल, मनिस पराजुली, अन्जल गोतामे, अश्विन केसी, विवेक श्रेष्ठ, सविन गैजु, सुशील फुयाल, रन्जना घर्ती र सुनिता दाहाललाई चयन गरेको छ।


NNA Team
109 views

सम्बन्धित समाचारहरु