राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


  • April 10, 2023


राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।

सूचना आयोगका पूर्वआयुक्त पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।

राष्ट्रपति पौडेलले यसअघि नै प्रेस संयोजकका रुपमा पत्रकार खिला कार्कीलाई नियुक्त गरेका थिए।

यस्तै राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा पूर्व गभर्नर चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भइसकेका छन्।


NNA Team
217 views

सम्बन्धित समाचारहरु