Sunday, December 3, 2023

सिड्नीमा लुक्ला परिकारको  स्वाद


  • April 5, 2023


सिड्नीमा लुक्ला परिकारको  स्वाद

नेपाली युवा ब्यवसायी सरोज पाण्डेले सिड्नीमा नेपाली खानाको परिकार पस्किएका छन्।

सिड्नीको हर्न्स्बीस्थित ५७ हन्टर स्ट्रिटमा सञ्चालनमा आएको ‘लुक्ला कटेजमा’ लुक्लाको परम्परागत खानाका परिकारहरू पाइने सञ्चालक पाण्डेले जानकारी दिए।

१०० भन्दा बढी सिटिङ क्षमताको रेष्टुरेन्ट चलाउन युरोप, पर्थ हुँदै सिड्नी आएका डेढ दशक हस्पिटालिटी क्षेत्रमा अनुभव प्राप्त राजन पाठक हेड सेफ छन्। यस्तै सरोज क्षेत्री ,विभिषण विष्ट, हरि आचार्य र सागर सेरचनले उनलाई साथ दिएका छन्।

१२ जनालाई रोजगारी दिएका उनले आफ्नो रेष्टुरेन्टमा नेपालबाटै ल्याएका बेतका फर्निचर राखेका छन्।

रेष्टुरेन्टमा आउने जो कोहीले पनि नेपालकै आभास हुने गरी बेतको कुर्सी र टेबलमा बसेर चरेसका थाल र कचौरामा खान खान पाइन्छ।

कृष्ण प्रिन्टरले पेन्ट गरेका सोलुको लुक्ला एयरपोर्ट परिसरमै बसेर खाएजसरी खाना खान पाइने उनले बताउ।

करिब २२ परिकारका नेपाली खाना पाइने उनको रेष्टुरेन्टमा नेपाली पेय पदार्थ पनि पाइन्छ।

उनको रेष्टुरेन्टमा कम्तिमा ५० डलर खर्च गर्न ग्राहकलाई १० डलर फ्री मिल भौचरसमेत दिने गरेका छन्।

यही मार्च २७ मा स्थानीय सांसद म्याट किन र नार्थ्सोर नेप्लिज कम्युनिटीका अध्यक्ष प्रेम सापकोटाले संयुक्त रूपमा उद्घाटन गरेका थिए।


NNA Team
303 views

सम्बन्धित समाचारहरु