अन्धविश्वासबाट मुक्त हुन स्वादको खोज


  • March 20, 2023


अन्धविश्वासबाट मुक्त हुन स्वादको खोज

उत्तम राज पण्डित

अन्धविश्वासबाट मुक्त हुन स्वादको खोज गर्नुपर्दछ ! सिद्धान्तहरुवाट मुक्त हुन स्वानुभूतिमा उत्रिनु पर्दछ !! चित्तलाई निर्विचार बनाउन विचारको चश्मा हटाउनु पर्दछ !!! नजानीकन गरिएको विश्वास र नजानिकन गरिएको विरोध, यी दुवैले मान्छेलाई नराम्रोसँग भड्‌काउँदछ। त्यसैले विश्वास र विरोध गर्नको लागि प्रमाणित हुनुपर्दछ। धर्मको जगतमा स्यमंलाई नजानेसम्मको सबै अवस्थाहरू अन्धविश्वासहरू मात्र हुन् त्यसैले अन्धविश्वासबाट मुक्त हुनको लागि ‘म को हुँ’? भन्ने खोजमा लाग्नु पर्दछ। यहि खोजको निरन्तरतावाट स्व-वोध प्रकट हुन्छ । स्व-बोध नै स्वाद हो जुन स्वादले सबै विषादहरुलाई काटिदिन्छ। सवै सिद्धान्तहरू पर-ज्ञान हुन। पर-ज्ञान नै स्व-ज्ञानको वाधक तत्व हो। पर-ज्ञानबाट मुक्त नहुँदासम्म स्व-ज्ञान असम्भव छ। स्व-ज्ञान तर्फ लाग्नासाथ पर-ज्ञान स्वतः छुट्‌दै जान्छ र निरन्तरको अभ्यासवाट पर-ज्ञानबाट मुक्त हुन पुगिन्छ। स्वानुभूतिमा उत्रिन थालेपछि सिद्धान्तहरू विस्तारै छुट्‌दै जान्छन् ।

यहि कारण सिद्धान्तहरुबाट मुक्त हुनको लागि स्वानुभूतिमा उत्रिनु पर्दछ भनिएको हो। चित्तलाई निर्विचार बनाउनको लागि विचारहरूको चश्मालाई हटाउनै पर्दछ। सबै विचारहरु, ज्ञानहरू अरुका हुन वा अरुवाट लिइएको हो, कुनै पनि विचार आफ्नो होइन। वोध-पूर्ण मौन मात्र हो। विचारहरुलाई लिन छोड़नासाथ मौनताको जन्म हुन थाल्छ । मौनताको निरन्तरताबाट स्यमं भित्रको चौतन्यलाई जान्न पुगिन्छ र यसलाई जान्नु नै मुक्ति हो। सवैको तर एक्लै : कर्ममा निरन्तरता एवं अनन्त प्रतिक्षाका लागिरहने तर यिनीहरुवाट अलग वनेर यहि अवस्था लाई नै सबैको बीचमा भएर पनि स्वंम भित्रको परमसँग सम्बन्ध कायम भइरहन्छ। यस अवस्थालाई जान्नासाथ स्थायी खुःसीको जन्म हुन्छ। एक पटक मात्र स्यम भित्रको परमको झलक आएमा उसैले खिच्न थाल्दछ र त्यसलाई भूल्न असम्भव छ । यहि अवस्थामा परम स्वतन्त्रताको जन्म हुन्छ र सबैको बीचमा भएर पनि म त एक्लै पो रहेछुको बोध खुल्छ। यहीँ अवस्थाबाट सारा आशक्ति, मोह, वासनाहरूबाट अछुतो हुन पुगिन्छ। कुनै पनि परिस्थितिहरूबाट भाग्ने होइन, हर परिस्थितिलाई नै साधना बनाउने हो तब नै हर किसिमका परिस्थितिहरुवाट अप्रभावित हुन पुगिन्छ। यहि अवस्थामा नै झोपडी एंव महल समान हुन पुग्दछ । अलिप्त हुनुनै सबैको बीचमा तर एक्लै हुनु हो । सबैको बीचमा तर एक्लैको बोध मा निरन्तरता हुन थालेमा स्थमलाई जान्ने सम्भाव्यता बढ्‌दै जान्छ। स्यमलाई जान्नासाथ सबै समस्याहरूको समाधान हुन पुग्दछ र यही अवस्था जीवन हो। झुट भित्र लुकेको सत्यता :- सम्भव भए सम्मका सम्पूर्ण झूटहरू, सारा सुख र दुःख हरुको हन्डरबाट पाकिसकेपछि मात्र जीवन भित्र लुकेको रहस्यको खोजतर्फ लाग्न थालिन्छ र त्यही खोजबाट जीवनदातालाई जान्न सक्ने सम्भावना बढ्न थाल्छ।

पहिला दुःख र सुखबाट पाक्नुपर्‍यो तब मात्र सहि धर्मको खोज सुरू हुन्छ। यहि अवस्थालाई झूट भित्र लुकेको सत्यको खोज भनिन्छ। झूटलाई जानेपछि नै सत्य को खोज सुरु हुन्छ। झूट शाश्वत, सनातन एवं समयातीत हुँदैन। झूटमा हतास एव निरास लुकेको हुन्छ, सत्यताको निर्णय लोकतान्त्रिक ढंगबाट हुँदैन। सत्य त व्यक्तिगत स्वादको अवस्था हो। विचार एवं बुद्धि प्राय: झूट को खेतीमा लाग्दछ यहि विचार एवं बुद्धिवाट पार भएपछि नै स्वंम मित्र लुकेको चौतन्य अर्थात सत्य प्रकट हुन पुग्दछ। यसैलाई झूट मित्र लुकेको सत्यता भनिन्छ। संसारिक दुनियाँमा झुटलाई पुरस्कार, सम्मान, उपाधि आदि मिल्दछ भने चौतत्य प्रकट भएका व्यक्तिलाई गाली, अपमान, एवं बेइजती मिल्छ किनकी, उसले सत्य भित्र लुकेको झूटलाई देखाइदिन्छ। झूट परनिर्भर हुन्छ भन्ने सत्य स्वं निर्भरमा एवं सहजतामा आधारित हुन्छ। अज्ञान खतरा बिहिन : वौद्धिक ज्ञानीहरूको तुलनामा अज्ञानीहरू खतरामुक्त हुन्छन् किनकि अज्ञानीहरुलाई मैले जानेको छैन भन्ने बोध भइराख्छ। जसले गर्दा अंहकारले जन्म लिन पाउँदैन। अहंकार कम हुनु खतरामुक्त अवस्था हो। खोजीमा लागेगा अज्ञानीहरू मत, विचार एवं बुद्धिबाट सहज रूपमा मुक्त हुन सक्छन् भने बौद्धिक ज्ञानी अर्थात अरूको कुरा जानेका हरूलाई मत, विचार एवं बुद्धिबाट मुक्त हुन अति कठिन छ।

यहीँ कारण अज्ञानमा खतरा कम छ। मन रोकिनासाथ विचार र बुद्धि हुँदैन, मनबाट पार हुनासाथ मन पनि हुँदैन। मन नभएको अवस्था नै मुक्ति हो। मुक्तिमानै स्व-वोधको जन्म हुन्छ। स्व-बोध नै मृत्युन्जयलाई जान्नु एवं हुनु हो। इच्छा वा चाहना नै मन हो, इच्छाबाट मुक्त हुनासाथ मनबाट पनि मुक्त हुन पुगिन्छ। एउटै मात्र आकांक्षा हुँदा मन शक्तिशाली हुन्छ। यहि अवस्थालाई एकाग्र भनिन्छ। शक्तिशाली मनमा सफलता एवं अहंकार दुवै प्रकट हुन्छ। अज्ञान सदा ऐना जस्तो हुन्छ भने उपाधिवाला अर्थात ठूला-ठूला डिग्रीवाला मुर्ख हुन पुग्दछन्। मनको विमारीलाई पनि उपाधि भनिन्छ। मनको विमार अर्थात अहंकार कम हुन थालेपछि शान्तिको जन्म हुन्छ। वुद्धत्वमा वदनाम निश्चित: जब शान्त, मौन एवं होसपूर्ण अवस्था प्रकट हुन्छ तब उसले सत्य र असत्यलाई पुस्ट देख्न थाल्दछ र उसले असत्यसँग सम्झौता गर्न सक्दैन। असत्यसँग सम्झौता नगर्नु नै मुक्ति हो। स्वयंलाई जानेको अवस्था हो। तर यहाँ प्रायः सबै असत्यले ढाकेको छ अर्थात असत्यको संख्या अत्यधिक छ। कल्पनाभन्दा पनि बढि छ अर्थात जानेको जस्तो देखिएकाहरूले पनि जानेका छैनन्।

जब स्वयंलाई जानेका व्यक्तिहरूले असत्यको सम्बन्धमा बोल्न थाल्छन् तब सबै तर्फबाट गाली, वेइज्जती, अपमानहरूको वर्षा हुन थाल्दछ र यो सदा भइरहन्छ र पनि बुद्धत्ववाला व्यक्ति हर- क्रियाकलापबाट अप्रभावित भइरहन्छ। सत्यलाई छोड्दैन बरू मृत्युलाई स्वीकार गर्दछ। वदनामहरुमा पनि रतिभर चिन्ता नहुनु नै बुद्धत्व हो। किनकी उसले आफू मित्रको नमुर्ने ऊर्जालाई जानेको हुन्छ। यस ऊर्जालाई जान्नुनै सारा समस्याबाट मुक्त हुनु हो। यहि अवस्थामानै सबैलाई निरूत्तर बनाउन सकिन्छ किनकी उ स्वंम प्रश्न र उत्तरबाट मुक्त हुन्छ। जो प्रश्न र उत्तरवाट मुक्त हुन्छ उसले अरुको पनि प्रश्न गिराउन सक्दछ। बुद्धुहरूको व्यवसाय नै बेहोस र होस अर्थात, अंस्कार र निअहंकारबीच भेद गरिदिने हो। यसरी भेद गरिदिँदा बेहोसीहरू अर्थात अहंकारीहरुलाई ठूलो चोट पर्दछ उनीहरूलाई असैंय हुन्छ र उनीहरू बुद्धत्व प्रकट व्यक्ति को वदनाम, गाली, वेइजती गर्नेतर्फ लागि पर्दछन्। जसले आफ्नो वेहोसीपनलाई देख्दछ ऊ वुद्धत्वको खोजको यात्रातर्फ लाग्न थाल्दछ। बाँकी सबै वदनामगर्ने तर्फ लाग्दछन्। अस्तित्व मृत्यु विहिन : ब्रह्म एवं ब्रह्माण्ड दुवै सत्य अहंकार मात्र असत्य हो। अहंकारको मात्र जन्म एवं मृत्यु हुन्छ तर अस्तित्व मृत्यु विहिन छ। अस्तित्व जे छ सबै सदा छ। अस्तित्व मृत्यु असम्भव छ। ब्रह्म एव ब्रहमाण्डलाई अस्तित्व भनिन्छ। पदार्थलाई ब्रह्माण्ड भनिन्छ भने पदार्थ मित्र लुकेको ऊर्जालाई ब्रम्म भनिन्छ र यी दुवै मृत्युविहिन छन्।

जबसम्म जगत र जगाधीश दुवै सत्य हो भन्ने जानिदैन तबसम्म जीवन मा स्थायी उत्सव पैदा हुन सक्दैन। जगत बाहिर जगधीश भित्र अर्थात एउटै लठ्ठीको टुप्पो र फेद। प्रथम एवं व्रह्माण्ड भित्र लुकेको सूत्रलाई जान्नुनै समग्रलाई जान्नु हो। सूत्र हो स्वंम मित्र लुकेर बसेको चौतन्यलाई स्यमं मित्र खोजी गर्न थाल्नु। शब्दबाट होइन साधनाबाट यात्रा सुरु गर्नु पर्दछ। अन्धाअनुकरण एवं अनुकरणबाट अस्तित्व मृत्युविहिन छ भन्ने जानिदैन। स्यमंको खोजीवाट स्वयं मित्र लुकेको अविनासी चौतन्यलाई जान्न पुगिन्छ। यहि अवस्थालाई स्व-वोध भनिन्छ। स्व-बोध प्रकट भएपछि मात्र अस्तित्व मृत्यु विहिन छ भन्ने जानिन्छ। स्व:वोधले मान्छेलाई जागृत गराउँदछ । जागृत अवस्थामा नै स्थायी मस्तीको जन्म हुन्छ। स्व-बोध नै परम नसा हो जसले बाँकी सबै नसाहरुलाई छेद- विच्छेद बनाइदिन्छ।


NEPAL NEWS Team
559 views

सम्बन्धित समाचारहरु